प्रकाश सपुतलाई चारैतिर बाट धम्कि, रिसले चुर हुदै यी नेताहरु

काठमाडौं ।जनयुद्धमा सहभागी जनमुक्ति सेनाको दुःखमा आधारित भएर बनाइएको १६ मिनेट लामो गीतलाई माओवादी निकट व्यक्तिहरुले दबाब दिँदै तत्काल हटाउन चेतावनी दिएका छन् ।

गीत संगीत यति शक्तिशाली भई दिन्छ कि कहिले काही ठुलै हलचल मच्चाई दिने गर्छ । प्रकाश सपुत यसका ज्वलन्त उदाहरण हुन् । यर्थाथ परक बिषय वस्तुलाई लिएर गीत संगीत प्रस्तुत गर्दै आएका चर्चित गायक प्रकाश सपुतले गीतकै कारण ध’म्कि खेप्नु परेको खुलासा भएको छ । गायक प्रकाश सपुतको नयाँ गीत ‘पिर’ सार्वजनिक भए लगत्तै माओबादीलाई पर्नु पिर परेको छ ।

माओवादी सशस्त्र द्ध’न्द्धपछि टाठाबाठाले सत्तामा पहुँच पुर्याएको तर सोझासाझाले भने सास्ती भोग्नुपरेको कथा भिडिओमा देखाउन खोजिएको छ। यहि बिषयलाई गीतको माध्यमबाट प्रस्तुत गरेपछि माओबादीले भने गीत हटाउन चेतावनी दिएको छ । जनयु’द्धमा सहभागी जनमुक्ति सेनाको दुःखमा आधारित भएर बनाइएको १६ मिनेट लामो गीतलाई माओवादी निकट व्यक्तिहरुले दबाब दिँदै तत्काल हटाउन चेतावनी दिएका छन् ।

नेकपा माओवादी केन्द्रसम्बद्ध अनेरास्ववियू क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले सपुतलाई गीत हटाउन चेतावनी दिँदै भनेकी छिन् सर्वाजनिक रुपमा माफी मागेर तत्काल युट्युबबाट गीत नहटाए गैरजिम्मेवार हर्कत सहेर हामी बस्दैनौँ । यसैबीच प्रकाशको गीत २४ घण्टा नबित्दै युट्युब ट्रेन्डिङको एक नम्बरमा आई पुगेको छ ।

शुक्रबार साँझ सपुतले आफ्नै युट्युब च्यानलमा अपलोड गरेको गीत आईतबार बिहान सम्ममा १० लाख ३६ हजारभन्दा बढीले हेरिसकेका छन् । १६ मिनेट २५ सेकेन्डको भिडियोमा प्रकाश आफै र सुरक्षा पन्त फिचर्ड रहेका छन्। गीतको सबैले समर्थन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस