रुस-युक्रेन युद्ध : रुसलाई सैन्य वा आर्थिक सहयोग नगर्न चीनलाई अमेरिकाको चेतावनी

एजेन्सी, अमेरिकाले रुसलाई कुनै पनि किसिमको आर्थिक वा सैन्य सहायता उपलब्ध नगराउन चीनलाई चेतावनी दिएको छ । अमेरिकाले रुसलाई थप आर्थिक मद्दत नगर्न चीनलाई चेतावनी दिएको हो ।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले रुसलाई पश्चिमा प्रतिबन्धहरूबाट जोगाउन बेइजिङले कुनै कोसिस गर्न नहुने बताएका छन् । रुसलाई पश्चिमा प्रतिबन्ध छल्न चीनले सहयोग गरे परिणाम भोग्नुपर्ने अमेरिकी अधिकारीहरूले चेतावनी दिएका छन् ।

रुसले चीनसँग त्यस्तो सहायता मागेको अमेरिकी अधिकारीहरूले भिन्नाभिन्नै पत्रिकाहरूलाई बताएका छन् । चीनले भने आफू लडाइँ नचर्कोस् भन्ने पक्षमा रहेको बीबीसले जनाएको छ वाशिङ्टनस्थित चिनियाँ दूतावासका प्रवक्ताले मस्कोले हतियार मागेको बारे आफूहरूलाई कुनै जानकारी नभएको बताएका छन् । चीनको मुख्य प्राथमिकता लडाइँ चर्कन नदिनु नै रहेको उनको भनाइ छ ।

चीनले हालसम्म रुस–युक्रेन युद्धमा आफूलाई तटस्थ रूपमा प्रस्तुत गरिरहेको छ । तर उसले युक्रेन अतिक्रमणलाई लिएर रुसको निन्दा भने गरेको छैन ।

प्रतिक्रिया दिनुहोस