प्रकाश सपुतको गीतमा प्रचण्डले पनि मुख खोले, दिए यस्तो प्रतिक्रिया

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकाश सपुतकाे गीत ‘पीर’काे म्युजिक भिडियाेमा भइरहेकाे वि’वादबारे प्रतिक्रिया दिएका छन् ।माओवादीका जनवर्गीय संगठनसँगै केही नेताहरुले सपुतकाे उक्त गीतकाे म्युजिक भिडियाे युट्युबबाट हटाउनुपर्ने चेतावनी दिइरहेका बेला प्रचण्डले साेमबार धनगढी विमानस्थलमा पत्रकारसँग भने, ‘मैले पूरै गीत हेर्न पाएको छैन, मिडियाबाट थाहा पाएकाे हुँ । अहिले हामी कोही उ’त्तेजित हुनुपर्ने पनि छैन ।’

प्रचण्डले भने, ‘मानिसहरुले आफ्नो अनुभव, आफ्नो अनुभूति अनुसार आफ्नो गीत कविता बनाउँछन्, नाटक बनाउँछन् । डिबेट त हुन सक्छ तर माओवादी आन्दोलनको एउटा पाटोको रुपमा कसैले चर्चा गर्यो भनेर धेरै हामी आवेगमा आउनुपर्ने म ठान्दिनँ ।’

शान्ति प्रक्रियामा ल्याएर माओवादीले ब’र्बाद गर्‍यो भन्ने पनि नरहेकाे उल्लेख गर्दै प्रचण्डले जनयु’द्धप्रति हल्का टिप्पणी गर्न पनि नमिल्ने बताए । तर, याे विषयमा सयौं वर्षसम्म पनि बहस रहने उल्लेख गर्दै प्रचण्डले तर्क-वितर्क,पक्ष-विपक्षलाई स्वभाविक रूपले लिनुपर्ने बताए ।

जनयु’द्धबाट शान्ति प्रक्रियामा आउनु ठिक थियो कि थिएन भन्नेमा पनि बहस भइरहने उनले बताए । उनले जनयुद्धसँगै शान्ति प्रक्रिया आएको हुँदा गर्व गर्ने पक्ष पनि धेरै रहेकाले अहिले विचलित हुनुपर्ने अवस्था नरहेको पनि बताए। प्रकाश सपुतको माओवादी जनयु’द्धमा आधारित गीत सार्वजनिक भएपछि माओवादीका नेता तथा कार्यकर्ताले यसकाे विरोध गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस