भारतले रोकिदियो नेपाल आउने कोइला

काठमाडौं,समुद्रपारबाट आउने कोइलाको ढुवानी अवरुद्ध भएको छ । भारतीय रेलवेले रेक नदिएपछि हल्दिया बन्दरगाहमा आइपुगेको करीब २ लाख मेट्रिकटन कोइला रोकिएको हो ।

रेलवेले रेक नदिएपछि वीरगञ्जका व्यवसायीले कोलकातास्थित नेपाली महावाणिज्य दूतावासलाई गुहारेका छन् ।वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालले महावाणिज्य दूतावासलाई पत्र लेखेका हुन्।

उद्योगीले कोइला रोकिएकोबारे जानकारी गराएलगत्तै भारतीय रेलवेलाई आवश्यक संख्यामा रेक उपलब्ध गराउन पत्राचार गरिसकेको महावाणिज्यदूत ईश्वरराज पौडेलले बताए ।विगत १२ दिनदेखि रेलवेले हल्दिया बन्दरगाहमा रेक नदिएको कोइला आयातकर्तासमेत रहेका राजपालले जानकारी दिए ।

भारतमा विद्युत् उत्पादन गृहमा कोइला आपूर्तिको चाप बढेकाले नेपालका लागि रेक नदिएको भनाइ राजपालको छ ।आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस