प्रकाश सपुतको विवादमा रामजी खाडले दिए यस्तो प्रतिकिया ,प्रकाशले जे हो त्यहि गीत गाए

प्रकाश सपुतको नयाँ गीत “पिर” गीत अहिले बिबादमा आएको छ । जनयुद्धमा सहभागी जनमुक्ति सेनाको दुःखमा आधारित गीत ‘अहिले नेपालको ट्रेण्डिङ १ मा छ । माओवादी जनयुद्धका कथावस्तुमा तयार पारिएको भिडियोलाई लिएर माओवादी नेताहरुले विरोध जनाएका छन्।

भिडियोका दृश्यका कारण यतिबेला सामाजिक सञ्जाल दुई खेमामा बाँडिएका छन्। माओवादी नेता-कार्यकर्ताहरुले सामाजिक सञ्जालमा रोष प्रकट गर्दै गर्दा आम सामाजिक सञ्जालकर्ताहरुले भने प्रकाश सपुतको समर्थन गरेका छन्।गीत सार्वजनिक भएपछि माओवादी वृत्तबाट यसको चर्को आलोचना भइरहेको छ । नेकपा माओवादी केन्द्रसम्बद्ध अनेरास्ववियू क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले सपुतलाई गीत हटाउन चेतावनी दिएकी छन् ।सार्वजनिक रुपमा माफी मागेर तत्काल गीत युट्युबबाट नहटाए गैरजिम्मेवार हर्कत सहेर नबस्ने पनि बताएकी छन् ।

“उनले सामाजिक सञ्जालमा यस्तो लेखेकी छन ”
महान् जनयुद्धको कारण केही थान मन्त्रीहरू, माननीयहरू र टाठा बाठाहरूको जीवन बदलिएको र जनमुक्ति सेना नेपाल र आम कार्यकर्ताको व्यवस्थापन हुन नसकेको भन्ने बहस जरुर रूपमा छ । सहिद परिवार बेपत्ता परिवार ,पूर्व जनमुक्ति सेना नेपाल, जनयुद्धमा सहभागी आम कार्यकर्ताको व्यवस्थापनमा नेतृत्व बेखवर भने छैन ।

कतिपय प्रयत्न हरू सफल हुन सकेका छैनन् ।व्यवस्थापनमा केही नभएको भन्ने पनि होइन विभिन्न तहमा प्रयत्नहरू भइरहेका पनि छन् तर व्यवस्थापन हुन नसकेका जटिलताहरू देखाएर जनयुद्धमा सहभागी महिलाहरू शरीर बेच्ने काममा संलग्न भएको भन्ने सन्देश दिने गरी प्रकाश सपूत जी ले युट्युबमा अपलोड गरिएको पिर नामक भिडियो आपत्तिजनक र निन्दनीय छ ।जनयुद्धकै कारण महिलाले स्वतन्त्रता, न्याय र समानता प्राप्त गरेको राज्यका हरेक निकायमा ३३५ प्रतिशत महिला सहभागिता सुनिश्चित भएको कुरा प्रकाश जी तपाईंलाई बुझाइरहन पर्ने हो । जनयुद्ध सहभागी महिलाले तपाईंको पनि स्वतन्त्रता र तपाईंले भोगेको जातीय विभेद विरुद्ध पनि लडेका थिए भन्ने कुरा यति चाडै भुल्नु भयो ।

तिनै दिदीबहिनीहरु माथि अपमान हुने गरी बनाइएको तपाईंको पिर नामक भिडियो सार्वजनिक माफी मागेर तत्काल युट्युबबाट नहटाइए तपाईंको यस्तो गैर जिम्मेवार हर्कत सहेर नबस्ने चेतावनी दिन चाहन्छु ।माओवादीका केन्द्रीय सदस्य दीपशिखाले पनि गीतप्रति आपत्ति जनाएका छन् । ‘जब एउटा सर्जक सिर्जनामाथि व्यापार गर्न थाल्छ नि, उसले बजार हेर्छ र मानिसहरूका भावनाहरूबाट आफैलाई मार्छ । प्रकाश सपुत एक राम्रा सर्जक हुन् ! व्यापारमा सिर्जना नमारुन् ’

“पिर” को परिकल्पनाको समग्र पक्ष्यप्रति राजनीतिक कोण नबनाऊ तर माओवादी जनयुद्ध लड्ने एक महिला छापामारको अभावलाई उनले देह’ व्यापारमा लगेर जसरी चित्रण गरेका छन् । त्यो आपत्तिजनक मात्रै होइन दण्डनीय छ ।उसो भए सर्जक सपुतलाई मेरो एउटा प्रश्नः अभाव, निराश अनि गरिब महिलाहरूले देह व्यापार नै गर्छन् हो ? सायद ती महिलाहरूले नलडेको भए सपुतहरूले स्वतन्त्र गीतहरूमा निर्धक्क सङ्गीत भरेर उन्मुक्त गुनगुनाउन सक्दैनथे !

प्रतिक्रिया दिनुहोस