बलिउडमा प्रवेश गर्दा यस्ता सम्म भोगाइ भोग्नु पर्छ भन्दै धरधरी रोइन प्रियंका चोपडा

एजेन्सी, बलिउड अभिनेत्री प्रियंका चोपडा आज अन्तर्राष्ट्रिय स्टार बनेकी छिन् । उनका फ्यान भारतमा मात्रै नभएर विश्वभर फैलिएका छन् । यसको कारण के हो भने उनले आफूलाई सिमित गरिनन् , बलिउडमा काम गर्नुका साथै हलिउडमा पनि काम गरिन् । यसै क्रममा उनले हालै आफ्नो संस्मरण पनि बनाएकि छिन् । जसलाई उनले लन्च गर्दैछिन् ।

यसअघि उनले आफ्नो इन्स्टाग्राम ह्यान्डलबाट टिजर अडियो बुक सार्वजनिक गरेकि थिईन् । जसले धेरै प्रशंसा पाइरहेको छ ।यसमा उनले आफ्नो करियर जुन शारीरिक रुपमै निर्भर छ, त्यो सुरु हुनुभन्दा पहिले नै समाप्त हुँदै गइरहेको बताएकी छिन् । यस्तो अवस्थामा उनको एउटा पुरानो भिडियो पनि निकै भाइरल भइरहेको छ, जसमा प्रियंकालाई एक निर्देशकले आफ्नो स्तनमा समस्या भएको बताएका थिए ।
यति मात्र होइन, निर्देशकले उनलाई स्तनको शल्यक्रिया गराउन पनि सल्लाह दिएको उनी बताउँछिन् ।प्रियंकाले आफ्नो अन्तर्वार्तामा सन् २००० मा मिस वर्ल्डको ताज टाउकोमा राख्दा आफूलाई कामको कुनै कमी नहुने बताएकी थिइन् । फिल्मका निर्देशकले स्तनलाई लिएर त्यस्तो भने पछि उनले फिल्म छाड्नुपरेको थियो ।

प्रियंकाको करियरको प्रारम्भिक चरण थियो, त्यसैले उनले फिल्मबाट किन पछि हट्नुपर्यो भनेर कहिल्यै बताउन सकेकि थिईनन् । प्रियंकाका अनुसार निर्देशकले उनलाई स्तन बृद्धिको शल्यक्रिया गर्न भनेका थिए । यससँगै उनको ‘प्रपोर्शन्स’ सच्याउन पनि भनिएको थियो । यति मात्र होइन, उनलाई बङ्गारा मिलाउन र नितम्बमा कुसनिङ गर्न पनि सल्लाह दिइएको थियो ।

प्रियंकाका अनुसार यो कुरामा निर्देशक मात्रै नभएर उनको म्यानेजर पनि सहमत थिए । प्रियंकाका अनुसार त्यतिबेला यो सामान्य कुरा थियो । उनले थप भनिन्,– आफूले चाहेर पनि आफूलाई कहिल्यै उभिन सकिन, त्यसबेला मैले स्वीकार गर्नुबाहेक केही बुझ्न सकिन । मैले धेरै पटक भन्न खोजे पनि आफुलाई बकवास रुपमा नबोल्न भनिएको थियो । त्यस्तै आफुलाई उद्योगमा नयाँ भएकोले चुप बस्दा नै उपयुक्त हुने सल्लाह दिएका थिए ।

प्रतिक्रिया दिनुहोस