फेसबुकले ल्यायो नयाँ फिचर : मेसेन्जरमा यसरी पठाउन सकिन्छ गोप्य मेसेज

काठमाडौं, सामाजिक सञ्जालमा हुने सुरक्षा प्रणाली सूचना प्रविधिसम्बन्धी सबै कम्पनीहरुलाई टाउको दुखाइको विषय बन्ने गरेको छ। त्यही भएर पनि आफ्नो ती कम्पनीहरु सुरक्षा प्रणाली दुरुस्त राख्न रातदिन घटिरहेका हुन्छन्।

यस्तैमा मेटाले फेसबुक मेसेन्जरको फिचर्समा केही परिवर्तन गरेको छ। फेसबुक मेसेन्जरमा कुरा गर्ने क्रममा स्क्रिन सट लिए तुरुन्तै अर्को व्यक्तिमा पनि नोटिफिकेशन आउने बनाइएको छ। मेसेन्जरको सुरक्षा प्रणालीलाई दुरुस्त राख्न एन्ड टु एन्ड एन्क्रिप्टेडको सपोर्ट पनि दिइएको छ।

पछिल्लो समय फेसबुक मेसेन्जरमार्फत् अपराधिक गतिविधि हुन थालेपछि मेटाले यस्तो फिचर ल्याएको बताइएको छ। त्यस्तै फेसबुकले मेसेज रियाक्सन फिचर पनि जारी गरेको छ।

मेसेन्जरमा यसरी पठाउन सकिन्छ गोप्य मेसेजःसुरूमा मेसेन्जर लग इन गर्ने। मेसेन्जर लग इन हुने बित्तिकै त्यहाँ आफ्नो च्याट सूची देख्न सक्छौं। अब तपाईं जोसँग च्याट गर्न चाहनुहुन्छ ती व्यक्ति छान्नुपर्ने हुन्छ। र ती व्यक्तिसँगको च्याट बक्समा जानुपर्छ।

त्यसपछि स्क्रिनको दायाँपट्टी माथिल्लो भागमा फोन कल, भिडिओ कललगायत अप्सनहरू देखिन्छ। सबैभन्दा कुनामा रहेको ‘आई’ जस्तो आइकन थिच्नुपर्छ। यहाँ ‘गो टु सिक्रेट कन्भर्सेसन’ भन्ने अप्सन देखिन्छ। त्यो अप्सन थिचेपछि अब सिक्रेट च्याट गर्न सकिन्छ।

सन्देश गोप्य राख्न पठाएको केही बेरमा आफैं हट्ने सुविधा छ। यसका लागि कति समयमा हराउने भनेर टाइमर सेट गर्नुपर्छ । यो समय ५ सेकेन्डदेखि २४ घण्टासम्म राख्न सकिन्छ। यसरी समय राखेपछि, मेसेज सिन भएपछि त्यो समयभित्र मेसेज आफैं हट्छ। यसका लागि मेसेज पठाउने र पाउने दुवैले टाइमर सेट गर्नुपर्छ।

टाइमर सेट गर्न बिर्सए पनि केही छैन। त्यो सिक्रेट च्याट लिस्टमा बसिरहन्छ। पछि डिलिट च्याट गर्न सकिन्छ। सिक्रेट च्याटमा तपाईंले पठाएको मेसेज पाउनेले नहेरेसम्म डिलिट हुँदैन।

प्रतिक्रिया दिनुहोस