एमसीसी अघि बढाउनेहरु नै अहिले विरोध गरिरहेका छन् भन्दै प्रधानमन्त्रीकाे आपत्ति

काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा रहँदा अमेरिकी सहयोग परियोजना (एमसीसी) अघि बढाउनेहरुले नै अहिले विरोध गरिरहेको भन्दै आपत्ति जनाउनुभएको छ ।नुवाकोटको किस्पाङ पुग्नुभएका प्रधानमन्त्री देउवाले एमालेका नेता भीम रावलले एमसीसी परियोजनाबारे गरेको विरोधप्रति आक्रोश व्यक्त गर्नुभएको हो ।

रावलले दुई जिब्रे कुरा गरेको भन्दै उहाँले, मन्त्री हुँदा एमसीसीको विरोध नगर्नेले अहिले विरोध गर्नुको तूक नभएको टिप्पणी गर्नुभयो । किस्पाङ गाउँपालिकाको भवन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले ओली सरकारले संसदमा पेश गरेको एमसीसी प्रस्ताव आफूहरुले पारित गरेको बताउनुभयो ।रावल आफै रहेको क्याबिनेटले प्रस्ताव ल्याउँदा के हेरेर बसेको भन्दै देउवाले अहिले विरोध गर्न लाज लाग्दैन भन्दै प्रश्न गर्नुभयो ।

पार्टीलाई प्रभावकारी बनाउन महत्वपूर्ण भुमिका खेल्न नेता तथा कार्यकर्तालाई अध्यक्ष यादवको निर्देशन
काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले स्थानीय तहमा पार्टीलाई प्रभावकारी बनाउन महत्वपूर्ण भुमिका खेल्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ ।सोमबार बसेको पार्टीको केन्द्रिय कमिटी बैठकको दोस्रो दिन पार्टीका नेता तथा कार्यकर्ताहरुलाई स्थानीय तहमा प्रभावकारी बनाउन महत्वपूर्ण भुमिका खेल्न निर्देशन दिनुभएको हो ।

उहाँले प्रत्येक केन्द्रिय सदस्यहरुलाई आफ्नो कार्य क्षेत्रमा उपस्थित भएर आगामी स्थानीय निर्वाचनमा पार्टीलाई जिताउने अभियान सुरु गर्न लगाइने बताउनुभयो । उहाँले गाउँ, नगर, वडा लगायतका पार्टीका विभिन्न तहसँग समन्वय गरेर पार्टीलाई अझै प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस