कोरोना संक्रमण घटेपछि मापसे जाँचमा कडाई, विभिन्न स्थानमा एकैदिन ७८ जनामाथि कारवाही

कोरोना संक्रमण घटेपछि ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) जाँचमा कडाई गरेको छ । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन मामसे गरी सवारी साधन चलाउने ७८ जनालाई कारवाही गरेको छ । उनीहरुलाई सोमबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा कारवाही गरिएको हो ।

ट्राफिक प्रहरीले सोमबार काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने कूल १ हजार ७५७ जना चालकहरूलाई कारवाही गरेको थियो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार कारवाहीमा पर्ने चालकमा मदिरा पिएर सवारी साधन चलाउने ७८ जना, फुटपाथमा पार्किङ गर्ने १०४ जना र जथाभावी यात्रु चढाउने तथा ओराल्ने ७७ जना रेहका छन् ।

यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने ५९ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ६८ जना, अवस्था ठिक नभएको सवारी साधन चलाउने ४० जना र क्षमता भन्दा बढी यात्रु राख्ने ३८ जना चालकहरूलाई पनि कारवाही गरिएको महाशाखाले जनाएको छ ।

कुलमान घिसिङविरुद्धको रिट खड्का र चुडालको इजलासमा
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्धको रिटमा मंगलबार सुनुवाइ हुँदै छ । सुनुवाइका लागि न्यायाधीशहरू मीरा खड्का र डा.कुमार चुडालको संयुक्त इजलासमा पेसी तोकिएको छ ।

प्राधिकरणकै कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले रिट निवेदक हुन् । १ भदौमा उनले वारेसमार्फत घिसिङविरुद्ध अदालतमा रिट दायर गरेका थिए । रिटमार्फत शाक्यले २४ साउनमा घिसिङलाई कार्यकारी निर्देशक बनाउन सरकारले गरेको निर्णयलाई उत्प्रेषणको आदेशमार्फत बदर गर्न माग गरेका छन् ।शाक्यको पदावधि नसकी हटाउने मन्त्रिपरिषद्को निर्णय गैरकानुनी भएको जिकिर छ ।

उनी २७ माघ २०७७ मा कार्यकारी निर्देशक नियुक्त भएका थिए । चार बर्से अवधि भए पनि उनी ६ महिनामै उक्त पदबाट हटाइएका थिए । त्यसपछि उनी सर्वोच्च पुगेका हुन् । तर, उनको मागअनुसार ५ असोजमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले कार्यकारी निर्देशक पदबाट हटाउने सरकारको निर्णय बदर भने गरेन । कारण देखाउ आदेश मात्रै जारी गरेको थियो ।न्युज कारखाना

प्रतिक्रिया दिनुहोस