प्रकाश सपुतलाई चेतावनी दिनेहरुलाई दिपकराज गिरीको कडा जवाफ

काठमाडौ, गायक प्रकाश सपुतको गीत पीर सार्वजनिक भएपछि अहिले माओवादी केन्द्रमा हलचल भएको छ । माओवादीका केही नेताले सार्वजनिक रुपमै प्रकाश सपुतलाई गीत डिलिट गर्न चेतावनी दिएका छन् । तर माओवादी वाहेकका अन्य सर्वसाधारणहरुले भने गीत निकै मन पराएका छन् । पूर्व माओवादीका नेता समेत रहेका डा बाबुराम भट्टराईले भने गीतमा समर्थन जनाएका छन् ।

माओवादीकै अध्यक्ष प्रचण्डले पनि गीत हेरेर उत्तेजित हुन नपर्ने प्रतिकृया दिएका छन् । सामाजिक सञ्जालमा भइरहेको तर्क वितर्कका बीच यसै विवादमा कलाकार दीपकराज गिरीले मुख खोलेका छन् । उनले गीत आफुलाई मन परेको बताउदै गीत बन्द गर्न दवाव दिनु गलत भएको धारणा राखेका छन्।

दीपकले सामाजिक सञ्जालमार्फत गीतले आफ्नो मन छोएको र धेरैको मन छाएको हुनुपर्ने बताए । ‘केही मानिस मौका यही हो भनेर माओवादी पार्टीलाई समूह बनाएरै सराप्न थालेको पनि देखे’ उनले भने, ‘कुन चाँहि पार्टीमा केही मानिसको रजाई र केही मानिसको हरि बिजोक छैन ?’

कुन दलका मान्छेले हाम्रो पार्टीमा त्यस्तो अवस्था छैन भनेर ठोकुवा गर्न सक्छ ? भन्दै प्रश्न गरेका दीपक अगाडि लेख्छन् ‘ उसैको विचारबाट आएको संविधानमा टेकेर राजनीति पनि गर्ने, अनि सत्तोसराप पनि उसैलाई गर्ने ?’

गायक सपुतले गीत ‘पीर’ मा दशबर्षे स श स्त्र द्व न्द्वका परिणामको केही हिस्सा समेटेर ल्याएपछि विवादमा परेको हो । गीतमा सपुतलाई स्वरमा साथ सम्झना भण्डारीले दिएकी छन् । प्रकाशकै गायन, लेखन, संगीत, परिकल्पना र निर्देशन रहेको गीत लिएर अहिले सामाजिक सञ्जालमा ठिक र बेठिकका अनेक बहस भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस