‘मुस्किलले बाँचियो !’ – जब पार्कमा हिँड्दाहिँड्दै एक्कासी रुसी क्षेप्यास्त्र खस्यो

काठमाडौं, रुसले आक्रमण गरिरहेको युक्रेनमा बम विष्फोटन र क्षेप्यास्त्र प्रहारका घटना भइरहेका छन् । यहीक्रममा राजधानी किभमा एउटा अचम्मको घटना भएको छ । एकजना पैदलयात्रु रुसी क्षेप्यास्त्र विस्फोटबाट मुस्किलले बचेका छन् ।

सामाजिक सञ्जालमा भाइरल भिडियोमा किभमा एउटा पार्कमा हिँडिरहेका मानिसको सामुन्नेमै क्षेप्यास्त्र विस्फोट भएको देख्न सकिन्छ । किभको नगर परिषद्ले सामाजिक सञ्जालमा अपलोड गरेको भिडियोमा झोला बोकेका एक अधबैँसेजस्ता देखिने मानिस लौरो टेक्दै हिँडिरहेको देखिन्छ ।

सीसीटीभीबाट खिचिएको उक्त भिडियोमा ती मानिसले टाउको उठाएर विपरीत दिशामा आकाशतिर हेरेका छन् अनि केही समयलगत्तै एउटा क्षेप्यास्त्र उनको केही अगाडि पुगेर बीच सडकमा विस्फोट हुन्छ ।

उक्त क्षेप्यास्त्र सडकमा रहेको बसमा पुगेर बज्रेको र घटनामा एक जनाको मृत्यु हुनुका साथै ६ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

(बीबीसीबाट)

प्रतिक्रिया दिनुहोस