पीर गीतबारे ओलीको प्रतिकृया :-‘पीर’गीतले कुनै कुनै पार्टीलाई उधुमै भएछ

काठमाडौ, प्रकाश सपुतको पीर गीतवारे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि प्रतिकृया दिएका छन् । गायक प्रकाश सपूतको पछिल्लो गीति भिडिओ ‘पीर’ का कारण नेकपा माओवादी केन्द्रमा हलचल भएको छ ।

केही नेताहरुले प्रकाश सपुतलाइ युट्युववाट गीत हटाउन सार्वजनिक चेतावनी दिएका छन् । यद्धपी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने गीतलाई लिएर धेरै उत्तेजित हुन आवश्यक नभएको प्रतिकृया दिएका छन् ।

अनेमसंघको तेस्रो पूर्ण बैठकलाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले ‘पीर’ गीतिबारे माओवादीलाई कटाक्ष गरेका हुन्। उनले आफूलाई गीत गाउन, गुन्गुनाउन नआउने भन्दै तिम्रो मायाले मलाई पीर दियो गीतको एक लाइन पनि सुनाए। अहिले ‘पीर’ गीत बडो प्रचलित छ। खुबै यसको चर्चा सुनेका छौँ हामीले, ओलीले भने, ‘यो गीतले कुनै कुनै पार्टीलाई उधुमै भएको छ।’

उनले आफूले गीत गाउनु नपरेपछि सिक्न दुखै नगरेको पनि बताए। ‘मैले गीत गाउनु छैन भने सिक्न, दुख गर्नु परेनु, उनले भने,’कुनै खेल जित्नु छैन भने अभ्यास गर्नै परेन।’

प्रतिक्रिया दिनुहोस