पल शाह प्रकरणमा नवलपरासीमा प्रहरीले छुट्टै अनुसन्धान प्रतिवेदन बुझाउँदै

काठमाडौं,एक १७ वर्षीया नाबालिग गायिकामाथि क र णी गरेको आरोपपछि पल शाह चर्चा र बहस उत्कर्षमा पुगेकाे छ। पलबारे पक्ष-विपक्षमा बहस भइरहेका छन्। बाहिरी जमातको कुरा सुन्ने हो भने पल निर्दोष छन्। किनकि माहौल उनी तिर नै छ।

तनहुँ प्रहरीले अहिलेसम्म पल शाह प्रकरणमा जोडिएका ५ जनासँग बयान लिएको छ । कलाकार दुर्गेश थापा र सम्राट चौलागाईंसँग पनि प्रहरीले बयान लिइसकेको छ । आरोपी पल शाहले चाहिँ ‘ब’ला’त्कार’ अस्वीकार गरेका छन् । तनहुँका अनुसन्धान अधिकृत र सरकारी वकिल कार्यालयका अधिकारीसँगको बयानमा शाहले आरोप अस्वीकार गरेका हुन् ।

प्रहरीले पीडित बालिकाको पनि घटना विवरण कागज गराएको छ । शाहबारे थप अनुसन्धान भइरहेको र ‘म्यानेजरबारे पनि अनुसन्धान हुँदैछ जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपीले बताए।

पल शाह विरुद्ध पूर्वी नवलपरासी प्रहरी कार्यालयमा पनि जाहेरी दर्ता गरिएको थियो । तनहुँमा जाहेरी दिएकी नावालिगले नै पूर्वी नवलपरासीमा जाहेरी दिएकी हुन् । प्रहरीमा उजुरी परेको पाँच दिनपछि पलले तनहुँ प्रहरी समक्ष १५ फागुनमा गि’र’फ्तारी दिएका थिए । पलविरुद्ध ११ फागुनमा तनहुँ प्रहरी समक्ष उजुरी परेको थियो ।

पूर्वी नवलपरासीमा शाहले नाबालिगलाई ब’ला’त्कार गरेको आरोपबारे अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालय पूर्व नवलपरासीमा अनुसन्धान प्रतिवेदन बुझाउने प्रहरीको तयारी छ ।

प्रतिक्रिया दिनुहोस