रुसी हमलाका बीच जंगल गएका थिए एक युक्रेनी किसान, आउँदा अर्बपति बनेर फर्किए !

रुस र युक्रेनबीचको युद्ध जारी छ । फेब्रुअरी २४ बाट शुरू भएको दुई देशबीचको युद्ध अझै थामिएको छैन । यही युद्धको बीचमा एक युक्रेनी किसानको भने भाग्यो खुल्यो । रुसी आक्रमणको बेला एक युक्रेनी किसान जंगलमा गएका थिए ।

सबैभन्दा अचम्मको कुरा के छ भने उनी जंगलबाट निस्केपछि १५ अर्ब रूपैयाँको मालिक बने । जंगलभित्र किसानले रूसी सेनाको ट्यांक भेट्टाए, जसलाई उनले आफ्नो कब्जामा लिए । रुसको मिलिटरी ट्याङ्क कब्जामा लिएर यी किसान अर्बौंको मालिक बनेका हुन् ।

सामाजिक सञ्जालमा भाइरल भएको तस्वीरमा किसान ट्यांकमा सवारी गरेको देखिन्छ । यो ट्यांकबाट मिसाइलमार्फत आक्रमण गर्न सकिन्छ । ती व्यक्तिले यो ट्यांक आफ्नो घर बाहिर पार्क गरेका छन् । समाचारअनुसार ती किसानको नाम इगोर हो ।

उनी हरेक बिहान जंगल घुम्न जाने गर्थे । एक दिन बिहान जंगलबाट आउँदा रुसी सेनाको ट्याङ्क लिएर आए । उनले यो ट्यांक जंगलमा फेला पारेका थिए । यसपछि गरीब किसान अर्बपति बने ।इगोरले फेला पारेको ट्यांकको नाम ‘द टोर’ हो । यो ट्यांक सोभियत संघमा निर्माण गरिएको हो, जुन निकै शक्तिशाली छ । यो जुनसुकै मौसममा पनि लड्न सक्ने गरी तयार गरिएको हो ।

यसले मध्यम र छोटो दूरीमा जमिनबाट हावामा मिसाइलबाट हमला गर्न सक्छ । यसको प्रयोग गरेर हेलिकप्टर, लडाकु विमान, मिसाइल समेत नष्ट गर्न सकिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस