आगामी निर्वाचन पार्टीका लागि लाइफ एण्ड डेथ: प्रचण्ड

काठमाडौं, सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचन पार्टीका लागि जीवन–मरण (लाइफ एण्ड डेथ’ हुने बताएका छन् ।बुधबार कमलादीमा माओवादीको वैचारिक–राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै आगामी निर्वाचन पार्टीका लागि लाइफ एण्ड डेथ हुने अध्यक्ष प्रचण्डले बताएका हुन् ।

उनले भने, ‘आउनेवाला निर्वाचन चाहे त्यो स्थानीय वा प्रदेश र संघको होस् त्यो सबै हाम्रा लागि सामान्य औपचारिक निर्वाचनमात्रै रहेको छैन । हाम्रो लागि यो लाइफ एण्ड डेथ –जीवन मरणको लडाइँ भएर आउँदैछ ।’आगामी निर्वाचनमा माओवादीलाई समाप्त पार्न विदेशी शक्ति हात धोएर लागिपरेको प्रचण्डको भनाइ थियो । प्रचण्डका अनुसार विदेशी प्रतिक्रियावादी शक्ति देशमा माओवादीबाहेक दुई वटा दलमात्रै बनाउन लागिपरेको छ ।

‘अहिले दुई वटा पार्टीमात्रै बनाउने कसरत चलिरहेको छ। दुई बुर्जुवा पार्टी पालैपालो शासन गर्ने । अरु परिवर्तनकारी पार्टी सिध्याउने षड्यन्त्र छ,’ अध्यक्ष प्रचण्डले भने ।अध्यक्ष प्रचण्डले गठबन्धनबाट निर्वाचन जितिएला र खाउँला भन्ने आश गरेर बस्ने दिन नभएको पनि बताए । आफ्नो खुट्टा दह्रो बनाएर आफ्नै तागतले निर्वाचन जित्नुपर्ने उनको भनाइ थियो ।

आगामी निर्वाचन पार्टीका लागि लाइफ एण्ड डेथ: प्रचण्ड
माओवादी केन्द्रले चार महिना लगाएर लुम्बिनी प्रदेशमा पदाधिकारी टुंगो लगाएको छ । पार्टीभित्रको आन्तरिक किचलोका कारण अधिवेशन सकिएको चार महिनासम्म पदाधिकारी टुंगो लगाउन नसकेको माओवादी केन्द्रले अन्ततः सर्वसम्मत रुपमा पदाधिकारी टुंगो लगाएको हो ।

माओवादी केन्द्रको लुम्बिनी प्रदेश कमिटीको अधिवेशन गत २६ मंसिरमा सम्पन्न भएको थियो । दाङको भालुवाङमा भएको अधिवेशनले २१७ सदस्यीय प्रदेश कमिटी चयन गरेको थियो ।माओवादी केन्द्रको प्रदेश समितिको कपिलवस्तुमा बसेको पहिलो बैठकले सुदर्शन बराललाई अध्यक्ष बनाउँदै पदाधिकारी चयन गरेको हो ।

अधिवेशनकै बेला बराललाई अध्यक्ष बनाउने सहमति भएको थियो । प्रदेश समितिको बैठकले उपाध्यक्षमा दुर्गा थारु, नुमाकान्त न्यौपाने र बहादुर खत्रीलाई चयन गरेको छ भने सचिवमा कृष्ण अधिकारी, सहसचिवमा अकलबहादुर बम, पार्वती बिक, काशीराम यादव र कोषाध्यक्षमा निर्दोष अली चयन भएका छन् । बैठकले प्रदेश कार्यालय सचिवको जिम्मेवारी दिएको छ ।नवनिर्वाचित पदाधिकारीहरुलाई माओवादी केन्द्रका नेता वर्षमान पुन, लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणी खनाललगायतले सपथग्रहण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस