पारस शाहको फोटोकै कारण प्रहरीसम्म पुगे खेम सेञ्चुरी, झमेलै झमेला विवाद अझै मिलेन (भिडियो हेर्नुस्)

काठमाडौ, केही दिनअघि खेम सेञ्चुरी र सुनितामी परियारको स्वरमा ‘रुमाल साट्न पर्दैन’ बोलको गीत सार्वजनिक भयो । यो गीतको भिडियोमा खेमसँगै अभिनेत्री केकी अधिकारीले अभिनय गरेकी छन् ।

भिडियोको दृश्यमा पूर्वयूवराज्ञी हिमानी शाह र पूर्वयुवराज पारस शाह दुवैको तस्वीर प्रयोग गरिएको थियो । तर अहिले भिडियोको दृश्यमा हिमानीको तस्वीर यथावत् रहेपनि पारसको तस्वीरलाई छोपिएको छ । गीतको भिडियोमा पारस शाहको तस्बिर राखिएकै कारण गीतका सर्जकले हैरानी बेहोर्नु परेको छ । उनी प्रहरी कार्यालय सम्म पुग्नुपरेको छ ।

भिडियो सार्वजनिक भएको केही दिनपछि पारसको तस्वीर छोपिएको छ । भिडियोमा प्रयोग गरिएको उक्त तस्वीर पत्रकार वर्षा शाहले खिचेकी रहिछन् । भिडियो सार्वजनिक भएपछि उनले आफूले खिचेको तस्वीर नसोधी मौलिकबाट तो डमो ड गरी व्यावसायिक प्रयोजनमा प्रयोग गरेकोमा आपत्ति जनाइन् । उनले क्षतिपूर्तिका साथै त्यस तस्वीरलाई हटाउन माग गर्दै राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानमा निवेदन दिएकी थिइन् ।

त्यस्तै उनले महानगरीय प्रहरी परिसर टेकुमा समेत निवेदन दिइन् । उनको निवेदनपछि प्रहरीले वर्षा र गायक खेम सेञ्चुरीलाई सँगै छलफल गराएको थियो । त्यसक्रममा खेमले केही दिनमा भिडियोबाट पारसको तस्वीर हटाउने बताएका थिए । सोहीअनुसार अहिले भिडियोमा पारसको तस्वीरलाई छोपिएको हो ।

प्रतिक्रिया दिनुहोस