पल शाहको काम पनि खोसियो, पलका ठाउँमा मुख्य भूमिकामा देखिने भए सौगात मल्ल

काठमाडौ,अभिनेता पल शाह प्रहरी हिरासतमा रहेका कारण उनको फिल्म पनि खोसिएको छ । पल शाहलाई अनुबन्ध गरिएको फिल्ममा उनको स्थानमा अर्का अभिनेतालाइ भित्र्याइएको छ । फिल्म ‘२ नम्बरी’मा हिरो फेरिएका छन् । फिल्मको मुख्य कलाकार पलको ठाउमा सौगात मल्ल भित्रिएका हुन् । पल नाबालिग कर णीको आरोपमा हिरासतमा रहेका कारण निर्माण युनिटले उनको ठाउँमा सौगात भित्र्याएको हो ।

२ वर्ष अगाडि शुभ साइत गरेर छायाङ्कन सुरु गर्दा फिल्ममा पल शाह मुख्य भूमिका थिए । तर, फिल्मको छायाङ्कन भइरहँदा कोरोना महामारीका कारण काम अगाडि बढ्न सकेन । अहिले भने फेरि सुरु हुन लागेको हो । फिल्मका कलाकार पल फेरिएका र एक कलाकार जयनन्द लामाको निधन भएकोले फिल्म सुरुबाटै खिचिने भएको छ ।

दीपेन्द्र लामाको निर्देशन रहने फिल्ममा दयाहाङ राई, सौगात मल्ल,वर्षा राउत,उगेन छोदेन लगायतका कलाकारको मुख्य भूमिका छ । आगामी ४ कार्तिकमा फिल्म रिलिज गरिने प्रस्तुतकर्ता किरण नेपालीले बताए । फिल्मका निर्माता दीपक मनाङ्गे र अमलादेवी राई हुन् । कार्यकारी निर्माता सरोज नेपाली रहेका छन् । फिल्मको छायाङ्कन १५ चैत्रबाट सुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस