होलीकै दिन सोलुखुम्बु बाट आयो यस्तो दुखद खबर !

काठमाडौं :सोलुखुम्बुको सोताङ गाउँपालिका–५ मा घरकाे बार्तली भा चिँदा ७ जना घाइते भएको जनाईएको छ। बिहिबार बिहान करिब ९ बजेको समयमा लालिगुराँस सहकारी संस्थाको भवनको बार्तली भाँ’चिदा ७ जना घाईते भएका हुन् ।

घाइते हुनेहरुमा सोताङ गाउँपालिका –५ की ३५ वर्षीया हरिमाया बस्नेत, वडा नम्बर ३ की ३५ वर्षीया सबिना कुुलुङ र ३० वर्षीया पार्वती बस्नेत, वडा नम्बर ३ की ४५ वर्षीया राधा बस्नेत, वडा नम्बर ५ की ३५ वर्षीया मनकुमारी कार्की, ५५ वर्षीया रीता बस्नेत र वडा नम्बर ३ की ५५ वर्षीया निरु गौतम रहेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरीले जानकारी दिएका छन्।घाइते मध्ये सोताङ गाउँपालिका –५ की ३५ वर्षीया हरिमाया बस्नेत, वडा नम्बर ३ की ३५ वर्षीया सबिना कुुलुङ र ३० वर्षीया पार्वती बस्नेतको अवस्था गम्भिर भएका कारण थप उपचारका लागी हेलीकोप्टर मार्फत काठमाण्डौ पठाइएको सोलुुखुम्बु प्रहरीले जनाएको छ । सरकारीको मासिक बैठकमा सहभागी हुने क्रममा बार्तली भा’चिएको प्रहरीले जनाएको छ ।

मधेशको गाउँमा हाेलीकाे साता दश दिन अघिदेखि नै जोगिरा सरर…
होली पर्व सुरू हुनु साता दश दिनअघि नै मधेशका गाउँहरूमा जोगिराको धुन गुन्जिन थालेको छ । पहिला पहिला जस्ताे जोगिरा सरर… धुन नगुन्जिए पनि परम्परा र संस्कृतिलाई निरन्तरता दिनकै लागि मात्रै भए पनि बजाउने गरेकाे राजविराज- १ की ५० वर्षीया भगवती साहले बताइन।

उनले भनिन्, ´पहिला पहिले श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्मै फागु गीत गाइने गरे पनि अहिले होलीको केही दिनअघि देखि मात्रै गुन्जने गरेकाे छ।’ उनका अनुसार अघिल्लाे पुस्तासम्म हाेलीकाे एक महिनाअघि नै गाउँगाउँमा ढोल बज्थ्यो, मृदंग बज्थ्यो फागु गीत गुन्जिन्थ्यो । अहिले निकै कमी आएको भगवतीको अनुभव छ।

जोगीरा सररर…, कौन ताल पर ढोलक बाजे कौन ताल मृदंङ, कौन तालपर गोरिया नाचे कौन तालपर हम… भन्ने गीत, ढोल, मृदंग र डम्फूको स्वर अब सुन्नै मुस्किल भएकाे राजविराज नगरपालिका-१३ बिषहरियाका ७५ वर्षीया भैरव चौधरीले बताए ।उनले थपे,´पहिलेपहिले त गाउँको कुनै निश्चित ठाउँमा मानिसहरू भेला भई अबेर रातिसम्म जोगिरा गाइन्थ्यो ।` गाउँका केटाकेटी, महिला वृद्धवृद्धा र जोगिरा गाउने व्यक्ति सबैले आनन्द लिएर हेर्थे र सुन्थे । गाउँ नै आनन्दित हुने गर्थ्याे । तर, अहिले त्यस्तो रौनक नभएको चौधरीको भनाइ छ ।

समयको परिवर्तनसँगै गाउँका युवा रोजगारीका लागि गाउँ छोड्दै सहर र विदेसिएपछि जोगिरा सररर… मा कमि आएको चौधरीको कथन छ।
होलीको अबसरमा गाईने जोगिरा कार्यक्रममा युवाहरूसँगै ज्येष्ठ नागरिकले पनि रमाइलो गरेर आनन्द लिने गरेको राजविराज नगरपालिका-१ का ७० वर्षीया सुला रजकले बताए ।होलीको अवसरमा गाइने जोगिरा मधेशको पहिचान र गौरव हो । यसलाई निरन्तरता दिन सबैले पहल गर्नु पर्नेमा रजकको जोड छ । उनले थपे, ´यसको संरक्षणमा युवा वर्ग अगाडि आउन जरुरी छ ।`

प्रतिक्रिया दिनुहोस