दुईवटा वडालाई लक्षित गरी शनिगाउँमा प्रहरी चौकी स्थापना

सिंजा गाउँपालिकाका- ५ र ६ लाई लक्षित गरी प्रहरी चौकी स्थापना गरिएको छ ।मन्त्रिपरिषद्को निर्णय अनुसार सिंजाको शनिगाउँमा प्रहरी चौकी स्थापना गरिएको हो । शनिगाउँमा नगिमान कठायतकाे नेतृत्वमा पाँच प्रहरी कार्यरत छन् ।जुम्लाका प्रहरी नायव उपरीक्षक नरेनद्र चन्दले प्रहरी चाैकी स्थापनासँगै अपराधिक क्रियाकलाप नियन्त्रणमा सघाउ पुग्ने बताए ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले समाजमा हिंसा न्यूनीकरण एवं शान्ति सुरक्षा कायम गर्न नागरिक-प्रहरीबीचको सहकार्य आवश्यक रहेकाे बताइन् ।सिंजा गाउँपालिका-५ का वडाध्यक्ष मुनबहादुर रावतले स्थायी प्रहरी चौकी स्थापना भएकोमा खुसी व्यक्त गर्दै स्थानीय सरकारले प्रहरी चौकीमो भौतिक पूर्वाधारजस्ता काममा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

याे पनि,थाहा पाउनुहाेस् आजकाे माैसम
हाल देशमा उल्लेखनिय मौसमी प्राणाली छैन । बिहान पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा छ ।दिउँसो पहाडी भूभागमा आंशिक बदली रहने माैसम पूर्वानुमान महाशाखाकाे अनुमान छ । अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ।शनिबार पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भूभागका एक वा दुई स्थानमा मेगगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावाना छ ।

प्रतिक्रिया दिनुहोस