रसुवामा २७ फिट अग्लो गुरु रेन्पोर्छेको मूर्ति निर्माण

रसुवाको सदरमुकाम धुन्चेमा २७ फिट अग्लो गुरु रेन्पोर्छेको मूर्ति निर्माण गरिएको छ । जिल्लाको पाँच वटा गाउँपालिकामा रहेका २७ वटा वडाको चिनारी स्वरूप २७ फिट अग्लो मूर्ति निर्माण गरिएको हो ।उक्त मूर्तिको बिहीबार उद्‍घाटन गरिएको छ । नवनिर्मित मूर्तिको गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पू तामाङ, वडाध्यक्ष दावासिदार वाइबा, नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ तथा लामा गुरुले संयुक्त रूपमा उद्‍घाटन गरेका हुन् ।

जिल्लाको गोसाइँकुण्ड गाउँपालिका-६, धुन्चेको पुन्हुमा समाजसेवी स्वर्गीय कारसिंगी तितुङ झाँक्रीले गाउँघरमा आइपर्ने विभिन्न बाधा अड्चनलाई साम्य पार्ने हेतुले यसको हुसुङ गोम्बो (छ्योर्तेन) निर्माण गरिएको थियो । उक्त हुसुङ गोम्बो २०७२ सालमा आएको विनासकारी भूकम्पले पूर्ण क्षति भएको थियो ।

याे पनि,घरेलु हिंसाका घटना बाहिर आउन थाले
लमजुङमा घरेलु हिंसाका घटना बाहिर आउन थालेका छन् । पहिला पहिला घरभित्रको कुरा बाहिर लैजानु हुँदैन भन्ने सामाजिक मानसिकले महिला हिंसालाई आफैभित्र दवाएर राख्ने गर्थे । जसले गर्दा घरेलु हिंसाका घटनाहरु बाहिर आउन सकेका थिएनन् । बेसीशहर नगरपालिकाकी उपमेयर लक्ष्मीदेवी अधिकारीले महिलामा चेतनाको विकास भएसँगै हिंसाका घटना बाहिर आउन थालेको बताइन् ।

उजुरीका दर्तालाई हेर्दा पहिलेभन्दा अहिले हिंसाका घटना बढ्दै गएको देखिएको छ । ‘तर, त्यसो भन्दैमा पहिला घरेलु हिंसा हुँदै नभएका र अहिले धेरै भएका भने होइनन्,’ अधिकारीले भनिन् पहिले झनै धेरै घटना हुन्थे बाहिर आउन नसकेर मात्रै हो । अहिले यस्ता घटना खुलेर आउँन थालेका छन् । महिला दिदीबहिनीमा हिंसा लुकाएर बस्नु हुँदैन भन्ने चेतनाको विकास भएको छ ।’

बेसीशहर-७ की सीता भण्डारीले हिंसाका घटना बाहिर आउन थालेको भन्दै नागरिकमा हिंसा सहन हुँदैन भन्ने चेतनाको विकास भएको बताइन् ।उनले भनिन्, ‘पहिले महिला आफ्ना समस्या भन्न लाज मान्ने गर्दथे अहिले हिंसा सहनु हुँदैन भन्ने ज्ञानको विकास भएसँगै हिंसाका घटना बाहिर आउन थालेको हो । हिंसाका घटना बाहिर आउनु नै महिलामा आत्मबल बढ्नु हो ।’

बेसीशहरकी पूर्णिमा गुरुङ पनि महिलामा चेतनाको विकास भएसँगै हिंसाका घटना बाहिर आउन थालेको बताउँछिन् ।वैदेशिक रोजगारमा जाने पुरुष तथा महिलाको संख्या बढेसँगै घरेलु हिंसाको घटना पनि बढ्दै गएको प्रहरीको अनुमान छ । जिल्ला प्रहरी कार्यालय लमजुङमा चालु आव ०७८/७९ को हालसम्म ४८ वटा हिंसाको उजुरी दर्ता भएका छन् । जसमा ३३ वटा घरेलु हिंसाको र १५ वटा ठाडो उजुरीको छन् ।

गत आव ०७७/७८ मा १ सय २१ वटा हिंसाको उजुरी प्रहरीमा आएको छ । जसमा ९२ वटा घरेलु हिंसाको र २९ वटा ठाडो उजुरीको रहेको छ ।यस्तै आर्थिक वर्ष ०७६/७७ मा ७९ वटा हिंसाको उजुरी परेकोमा घरेलु हिंसाको ६१ र ठाडो उजुरी १८ वटा प्रहरी कार्यालयमा आइपुगेको छ । प्रहरीमा आएका उजुरीमध्ये मादकपदार्थ सेवन गरी गालीगलौज तथा कुटपिट गर्ने, परिवारमा खान–लगाउन नदिने, घरायसी झैझगडा, बहुविवाह लगायतको घटना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस