कांग्रेस नेता’लाई पुनको चेतावनीः विचार गरेर बोल्नू, सत्ताबाट’ सडकमा पुर्‍याउन’ सक्छौं !

काठमाडौं,नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ सत्ता घटन नेपाली कांग्रेसका नेताहरुलाई बोल्दा विचार गरेर बोल्न चेतावनी दिएका छन्।माओवादी लुम्बिनी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले भने, ‘पाँच वर्षका लागि सडकमा पुगेको कांग्रेसलाई बुई चढाएर हामीले सत्तामा पुर्‍याएका हौं। आज केही कांग्रेस नेतामा सत्ताको उन्माद देखिएको छ।’

माओवादी केन्द्र र सत्ता गठबन्धनमा सहभागी दललाई हेप्ने, अपमान गर्नेगरी सार्वजनिक टिप्पणी गरेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन्।नेता पुनले चेतावनी दिँदै भने ‘हामी सरकार बनाउन सक्छौं, भत्काउन पनि सक्छौं। सडककालाई सत्तामा र सत्ताका लागि सडकमा पुर्‍याउने ताकत हामीसँग छ। यो कांग्रेस नेताहरुले बुझ्न जरुरी छ।’

केपी ओलीमा सत्ता उन्माद चढेपछि माओवादीले देखाएको हविगतबाट पाठ सिक्न कांग्रेस नेतालाई सुझाव दिए।प्रतिगमनको नाइके भएपछि दुई तिहाईको शक्तिशाली प्रधानमन्त्री केपी ओलीलाई माओवादीले नै ठेगान लगाएको उनको भनाइ थियो।आगागी निर्वाचनमा माओवादी एक्लै चुनाव लड्न सक्ने भएकाले ०७४ को परिणाम हेर्न आग्रह गरे। आफ्नो बास्तविक शक्ति सम्झिएर के बोल्ने- के नबोल्नेबारे विचार गर्न आग्रह गरे।

ओवादी केन्द्र कसैसँग तालमेल नगरी आफ्नै बलमा निर्वाचन लड्न र जित्न सक्षम रहेको दाबी गरे। स्थानीय तह र संघीयताका लागि माओवादी लडेको चर्चा गर्दै पुनले त्यसको नेतृत्व गर्न पनि माओवादी सक्षम साबित भएको दाबी गरे।

प्रतिक्रिया दिनुहोस