तालिबान शासित अफगानिस्तानमा इस्लामिक अतिवादको अनुगमन गरिरहेको ईयू

लामो अवधिमा, अफगानिस्तान ईयू देशहरूलाई लक्षित गर्न सक्ने अन्तर्राष्ट्रिय आतंकवादीहरूको लागि सुरक्षित आश्रय बन्न सक्छ , युरोपेली संघ चिन्तित छ । EU को “आतंकवादको खतरासँग लड्ने तयारी विगत एक दशकमा उल्लेखनीय रूपमा विकसित भएको छ”, युरोपेली संसदको पछिल्लो विज्ञप्ति मा यि कुराहरु उल्लेख छ ।

तालिवानको छाया,एक EU कार्य योजनाले “तालिबानले कब्जा गरेको ‘ घटनाक्रमलाई एउटा प्रोपोगान्डा मान्दै युरोप लगायत विश्वव्यापी रूपमा जिहादी र इस्लामवादी चरमपन्थीहरूलाई प्रोत्साहन दिन्छ” भन्ने कुरा जाहेर गरेको छ । र EU n] इस्लामवादी खुफिया सञ्जालहरू सहित “अफगानिस्तानमा तालिवानको कब्जाको प्रभावको निगरानी गर्न आह्वान गर्दछ।

ब्रीफिंगले ईयूले अफगानिस्तान र क्षेत्रमा “इस्लामिक अतिवादी विचारधाराको फैलावट र प्रभावलाई रोक्नको लागि प्रयासहरू बढाउने” पनि जनाएको छ।
EU ले अफगानिस्तानबाट निष्कासन गरिएका अफगान नागरिकहरू र अन्यलाई समेत स्क्रिनिङ गर्ने प्रस्ताव राख्छ र यस योजना कार्यान्वयन गर्दैछ। EU राज्यका सरकारहरूले “व्यवस्थित रूपमा अफगान नागरिक वा अनुमानित अफगान र अफगानिस्तानबाट आएका र EU को बाहिरी सिमानाहरूमा आइपुगेका व्यक्तिहरूको जीवनी र बायोमेट्रिक डेटा जाँच गर्न, सबै सम्बन्धित डाटाबेसहरू प्रयोग गर्ने जनाएको छ ।

युरोपेली संघले तालिबान फन्डिगंका दुईवटा स्रोतहरू, “लागूपदार्थको व्यापार र हतियारको तस्करी” बन्द गर्ने विचार अघि बढाइरहेको छ । “संयुक्त राष्ट्रसंघको अनुमान छ कि सन् २०२० मा अफगान किसानहरूले करिब ६३०० टन अफिम उत्पादन गरे, जुन अवैध विश्वव्यापी आपूर्तिको ९० प्रतिशतभन्दा बढी हो। अफगानिस्तानमा पनि सिंथेटिक औषधिको उत्पादन बढेको छ। केही अनुमानका अनुसार, तालिबानले हालका वर्षहरूमा प्रति वर्ष ४०० मिलियन अमेरिकी डलर कमाएको हुनसक्छ, जुन अफिम उत्पादन र इफेड्रा, मेथाम्फेटामाइन र भांगको उत्पादनलगायत लागूपदार्थसँग सम्बन्धित गतिविधिहरूबाट देशको कुल राजस्वको एक चौथाई बराबर हुन्छ।

अन्तर्राष्ट्रिय सरोकारवालाहरूलाई आतंकवाद विरोधी अभियानहरू सुरु गर्न र नागरिक र सैन्य मिसनहरू तैनाथ गर्न युरोपेली संघ ले आव्हान गरेको छ।

प्रतिक्रिया दिनुहोस