अचानक अमेरिकी सेनाको जहाज काठमाडौंमा अवतरण !

काठमाडौ,अमेरिकी एयर फोर्सको एउटा कार्गो जहाज शुक्रबार काठमाडौं आएर फर्किए पछि सामाजिक सञ्जालमा अहिले निकै चर्चा सुरु भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज आएलगत्तै सामाजिक सञ्जालमा चर्चा सुरु भएको हो । सामाजिक सञ्जाल प्रयोगकर्ताले फोटो र भिडियो राखेर तर्क वितर्क सुरु गरेका छन् ।

विमानस्थल स्रोतका अनुसार शुक्रबार काठमाडौं आएको कार्गो जहाजले अमेरिकी दूतावास र कूटनीतिक निकायका सामग्री ल्याएको हो ।तर एमसीसी पास भए लगत्तै काठमाडौ विमानस्थलमा अमेरिकी सेनाको जहाज देखिएपछि त्यसले छुट्टै तरंग उत्पन्न गरेको हो ।

‘विमानस्थल स्रोतले भने यस अघि पनि कूटनीतिक निकाय र दूतावासका सामग्री लिएर थुप्रै पटक अमेरिकी सेनाको जहाज आएको जनाएको छ । एमसीसीका कारण यो पटक भने सामाजिक सञ्जालमा धेरै चर्चा भयो ।विमानस्थलका अनुसार शुक्रबार बिहान सवा ९ बजे काठमाडौं आएको जहाज पौने १२ बजे फर्किएको छ। अमेरिकी दूतावास र कूटनीतिक नियोगका सामग्री लिएर शुक्रबार बिहान आएको जहाज फर्किसकेको छ,’ स्रोतले भन्यो।

छुट्टाछुट्टै स्थानमा डुबेर पाँच जनाको मृत्यु
इलाम, कैलाली, अछाम, सिन्धुपाल्चोक र रौतहटमा डुबेर पाँच जनाको मृत्यु भएको छ । इलामको माई नगरपालिका–१ तेह्रकुनेस्थित पोखरीमा डुबेर सोही ठाउँ बस्ने ११ वर्षीय वर्धन राइको बिहीबार मृत्यु भएको छ । साथीहरुसँग पौडी खेल्ने क्रममा डुबेर वेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको प्रहरीले जनाएको छ ।

कैलालीको घोडाघोडी नगरपालिका–२ थुम्कीस्थित चिडिया तालमा डुबेर सोही ठाउँ बस्ने १९ वर्षीय बिशाल बिष्टको बिहीबार मृत्यु भएको छ । उक्त तालमा पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको घोडाघोडी अस्पताल सुखडमा उपचारको क्रममा मृत्यु भएको हो । अछामको मंगलसेन नगरपालिका–३ लछिमना टोलस्थित चित्रे दोभानको कैलाश खोलामा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँ बस्ने २८ वर्षीय मिन बहादुर ढोलीको बिहीबार मृत्यु भएको छ ।

उक्त खोलामा मलामी गएको अवस्थामा अस्तु सेलाउने क्रममा अचानक चिप्लिएर खोलामा डुब्दा उनको मृत्यु भएको हो । सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढी नगरपालिका–१३ झ्याडी खर्कस्थित झ्याडी खोलामा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँ बस्ने रमा रानामगरको बिहीबार मृत्यु भएको छ । रौतहटको चन्द्रपुर नगरपालिका–२ छाँगासिर झरनाको पानीमा डुबेर सोही ठाउँ बस्ने ३२ वर्षीय कमल उपाध्यायको बिहीबार दिउँसो मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस