दुई हजार ७३६ जना म्यादी प्रहरी महोत्तरीमा भर्ना गरिने

महोत्तरीमा म्यादी प्रहरी भर्ना प्रक्रिया अगाडि बढेको छ । स्थानिय तह निर्वाचन २०७९ को लागि ६-११ चैतसम्म भर्ना प्रक्रिया अगाडि बढाउन दर्खास्त आह्वान गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

महोत्तरीका लागि मात्र दुई हजार ७३६ जना म्यादी प्रहरी भर्ना गर्नुपर्ने जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रकाश बिष्टले जानकारी दिए ।छनोटका मापदण्डसमेत निर्धारण गरिएको छ । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका कुनै पनि नेपाली नागरिकले दर्खास्त दिन सक्नेछन ।विशेषगरी पूर्व नेपाली सेना, प्रहरी तथा विगतमा पनि म्यादी प्रहरीको अनुभव बटुलेकाहरूलाई प्राथमिकतामा राखिने मानवश्रोत एवं प्रशासन विभाग भर्ना छनोट महाशाखाले जनाएको छ ।

भर्ना भएका म्यादी प्रहरीले ४० दिन काम गर्न पाउनेछन । ४० दिनसम्मको मासिक ३० हजार २४० रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ । पारिश्रमिकका साथै प्रत्येक म्यादी प्रहरिले खाद्यान्नवापत ७ हजार २००,पोशाक र अन्य खर्च गर्ने गरि ६ हजार, यातायात खर्चवापत एक हजार र बिमा सुविधासमेत उपलब्ध गराइने व्यवस्था गरिएको छ ।छनोट प्रक्रिया भने १५ चैतबाट प्रारम्भ हुने र नतिजा २२ चैतसम्म प्रकाशन गरिने भर्ना छनोट महाशाखाले जनाएको छ ।

याे पनि, रुखबाट लडेर कट्टेलको मृत्यु
खोटाङमा खन्यूको रुखबाट लडेर गम्भीर घाइते पुरुषको मृत्यु भएको छ । घाँस काट्न खन्यूमा चढेको अवस्थामा बिहीबार दिउँसो लडेर गम्भीर घाइते भएका साकेला गाउँपालिका-४ मात्तिमका ४७ वर्षीय गोपीलाल कट्टेलको मृत्यु भएको हो ।

रुखमा चढेर घाँस झार्नेक्रममा लडेर जमिनमा बजारिएपछि गम्भीर अवस्थामा हेलिकोप्टर चार्टर गरेर काठमाडाैं लगिएका कट्टेलको शिक्षण अस्पताल महाराजगञ्जमा पुर्‍याएलगत्तै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर शाहले बताए ।

प्रतिक्रिया दिनुहोस