महंगो पर्यो महामन्त्री थापालाई आफ्नै बोली, देशभर जहाँ गए पनि एउटै प्रश्नले लखेट्न थाले

आफुलाई निकै वाकपटुक ठान्ने नेपाली काग्रेसका महामन्त्री गगन थापा आफ्नै बोलीका कारण अप्ठेरोमा पर्न थालेका छन् । देशभर जहाँ गए पनि उनलाई एउटै प्रश्नले लखेट्न थालेको छ ।वि’वा’दित अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पारित गराउँने बेलामा निकै सक्रियतापुर्वक लागेका र एमसीसीको पक्षमा,

सकारात्मक माहोल बनाउँन कुनै कसर बाँकी नराखेका थापालाई त्यहि कुरा अहिले म’हंगो पर्न थालेको छ ।संसदबाट एमसीसी पारित गर्ने दिन संसदको रोस्टमबाट बोलेको एउटै कुरा थापालाई अहिले पेचिलो प्रश्न बनेर चौतर्फी घेरिन थालेको छ । अमेरिकाले ६० अर्ब दियो ,चिन गएर ७० अर्ब मागौँ, भारत गएर ८० अर्ब मागौँ भन्दै थापाले दिएको उत्तेजक अभिव्यक्ति उहिले उनलाई भारी पर्दै गएको छ ।

युवा पुस्ताका आशा गरिएका नेताका रुपमा हेरिएका थापालाई उक्त अभिव्यक्ति पछि मगन्ते सोच राख्ने नेताको रुपमा चित्रण गरिएको छ र उनको व्यापक आ’लोचना हुन थालेको छ । एमसीसी पारित गराए पछि देशव्यापी दौडाड गरिएका थापा एउटै प्रश्नले घेरिरहका छन् के तपाईले नेपाललाई मगेन्ते देश बनाउँन खोजेको हो ?

कर्णााली प्रदेशको राजधानी सुर्खेतमा आयोजिक एक साहित्यिक उत्सव कार्यक्रममा अतिथि वक्ताका रुपमा शहरी विकासमन्त्री रामकुमारी झाँक्री सँगै पुगेका काग्रेस महामन्त्री गगन थापालाई सहभागीहरुले त्यही एउटा प्रश्नले झ’टारो हानीरहे कस्तो मगन्ते सोच भएको नेता तपाई ?

कार्यक्रममा सहभागी प्रश्नकर्ताहरुले निकै चोटिलो प्रश्न थापालाई सोधेका थिए नेपालको विकासको लागी जल ,जंगल, जडिबुटी, जनशक्तिको प्रयोग गर्ने छोडेर माग्ने हाम्रो हक भन्दै किन हिँडेको ? मागेर बाहेक देश बनाउँने भिजन तपाई सँग छैन भन्दै कडा प्रश्न गरेका थिए ।

सबैजसो सहभागीले एउटै प्रकृतीको प्रश्न सोधेपछि थापाले तल्लो तह सम्म पनि जनतालाई ठ’गहरुले भ्रममा पारिसकेका रहेछन् भन्दै अब पाँच बर्षनै आफु गाउँगाउँ पुगेर एमसीसीको बारेमा जनतालाई बुझाउँने बताए । थापाले नेपाल जस्तो अल्पविकसित मुलुकको माग्न पाउँने हक भएको फेरी पनि जिकिर गरे ।

ऋण लिएर मात्रै विकास गर्नै नसक्ने अवस्थामा नेपाल पुगेको भन्दै उनले मागेर विकास गर्नु पर्ने र त्यो नेपालको हक भएको दाबी थापाले गरे । आफ्नो अभिव्यक्तिको बचाउमा कुनै कसर बाँकी नराखी बोलेका उनले चिन गएर ७० अर्ब पैसो माग्न आफु तयार रहेको बताए ।एमसीसीको बारेमा जनस्तरमा व्यापक भ्रम रहेको भन्दै उनले त्यसलाई चिर्न पर्ने बताए ।

केहि नेताले र युटुबका विज्ञले एमसीसीबारे भ्र’म छरेका भन्दै थापाले पाँच बर्ष गाउँ गाउँ पुगेर यसबारे युवाहरु सँग बहस गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस