युक्रेनसँग शान्ति सम्झौताका लागि रुसले अघि सार्‍यो यी ६ माग, युक्रेनका राष्ट्रपति जेलेन्स्कीले के गर्लान् अब ? (भिडियो सहित)

रुसले युक्रेनमाथिको आक्र,मण रोक्नका लागि केही शर्त अघि सारेको छ। पछिल्लो समय यो यु,द्ध रोक्न मध्यस्थता गरिरहेको टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानसँगको वार्तामा रुसी समकक्षी भ्लादिमिर पुटिनले शान्ति सम्झौताको लागि आफ्नो केही शर्त अघि सारेका छन्। बीबीसीका अनुसार बिहीबार भएको वार्तामा पुटिनले दुई विधामा शर्तहरु राखेको छन्।

जसमध्ये पहिलो विधामा राखिएका चार मागहरु युक्रेनले सहजै पूरा गर्ने किसिमको छ भने दोस्रो विधाका केही माग युक्रेनले पूरा गर्ने सम्भावना कम छ।पुटिनले अघि सारेको मागमा एउटा मागमा युक्रेनले आफूलाई त,टस्थ राख्नुपर्ने हुन्छ र अमेरिकी सैन्य गठबन्धन नेटोमा सामेल नहुने प्रति,बद्धता व्यक्त गर्नुपर्ने हुन्छ। यो माग युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसअघि नै स्वीकार गरिसकेका छन्।

यो विधामा समावेश गरिएका अन्य मागहरु रुसको ला,ज बचाउने किसिमका मात्र छन्। टर्कीका राष्ट्रपति एर्दोगानका प्रवक्ता तथा सल्लाहकार इब्राहिम कलिनका अनुसार यो विधाका अन्य मागमा युक्रेनले निश,स्त्रीकरण प्रक्रियालाई अघि बढाउनुपर्ने हुन्छ, जसबाट रुसलाई सुरक्षाको कुनै चिन्ता उत्पन्न हुने छैन। त्यस्तै पुटिनले युक्रेनमा रुसी भाषा बोल्ने मानिसको सुरक्षाको प्रत्या,भूति हुनुपर्ने बताएका छन्।

उनले ‘डि–नाजिफिकेसन’ (नाजी विचारधाराबाट मुक्त हुनु) हुनुपर्ने माग गरेका छन्। यो माग गने जेलेन्स्कीको लागि केही क,ठिन हुन सक्छ। उनी आफैं यहुदी हुन् र उनका केही आफन्तको मृ,त्यु होलोकास्टमा भएको थियो। यद्यपि टर्कीले भने जेलेन्स्कीको लागि यो शर्त पनि मान्न कठिन नरहेको उल्लेख गरेको छ।

यस्तोमा युक्रेनले नव नाजिवाद वि,रोध गरेर उनीहरुमाथि कडाइ गर्ने प्रति,बद्धता जा,हेर गर्नु रुसको लागि पर्याप्त हुन सक्ने बीबीसीले उल्लेख गरेको छ। दास्रो विधाको माग पूरा गर्न भने युक्रेनको लागि कठिन हुनेछ। यद्यपि कलिनले दोस्रो विधाको मागमा डोनबास क्षेत्रसँग सम्बन्धित माग रहेको वा नरहेको भन्ने विषयमा बताएका छैनन्।

पूर्वी युक्रेनको केही क्षेत्रमा रुसले यसअघि नै आफ्नो दाबी गर्दै आएको छ। साथै क्रिमियालाई पनि रुसले आफ्नो नियन्त्रणमा लिएको छ। युक्रेनले क्रिमिया औपचारिक रुपमा रुसको भूमि भएको स्वीकार गर्नुपर्ने शर्त पनि रुसको छ। रुसले सन् २०१४ मा युक्रेनको क्रिमियामा आफ्नो अधिकार जमाएको थियो।

प्रतिक्रिया दिनुहोस