३० वर्षअघि स्कुल पढ्दा अपमान गरेको प्रतिशोधमा विद्यार्थीले शिक्षिकालाई…..

काठमाडौं । बेल्जियमको राजधानी ब्रसेल्समा एक विद्यार्थीले ३० वर्षअघि आफ्नो अपमानको बदला लिन आफ्ना शिक्षकमाथि १०१ पटक छुरा प्रहार गरेका छन् ।३७ वर्षीय अभियुक्त गुन्टर युभेन्ट्सले आफ्नो प्राथमिक विद्यालयकी शिक्षिका मारिया भेर्लिन्डनलाई सन् १९९० को दशकमा भएको अपमानको बदला लिनको लागि हत्या गरेका हुन् ।

बेल्जियम प्रहरीले १६ महिनासम्म विभिन्न कोणबाट यस विषयमा अनुसन्धान जारी राखेको थियो, जसमा सयौंको डिएनए नमूना परीक्षण गरियो ।त्यसपछि पनि यो विषय समाधान हुन सकेको छैन । ५९ वर्षीया मारियाका पतिले पनि सार्वजनिक रूपमा साक्षीहरूलाई उपस्थित हुन अपील गरेका थिए ।

अन्ततः हत्याको १६ महिनापछि युभेन्ट्सका एक साथीले प्रहरीलाई खबर गरेका हुन् । त्यसपछि युभेन्ट्सलाई आइतबार पक्राउ गरी हत्या भएको ठाउँमा भेटिएको निशानासँग उनको डीएनए मिलाइएको थियो ।त्यसपछि यो पूरै घटना बाहिर आएको हो । शिक्षिकाको हत्या हुँदा नगदले भरिएको पर्स नजिकै राखिएको थियो तर अभियुक्तले छोएनन् । यसबाट हत्याको उद्देश्य लुटपाट नभएको प्रष्ट हुन्छ ।

पक्राउपछि युभेन्ट्सले घटनाको विस्तृत विवरण प्रहरीलाई दिए । त्यसपछि यो सम्पूर्ण घटनाको पर्दा खुल्यो । मारिया भेर्लिन्डनका छिमेकीहरूले प्रहरीलाई भने कि उनी धेरै मिलनसार र धार्मिक महिला थिइन् ।उनले धेरै घरबारविहीनहरूलाई पनि सहयोग गरेकी थिइन् । उनीहरूलाई यो कसरी हुन सक्छ भन्ने हामीले अझै बुझेका छैनौं ।

प्रतिक्रिया दिनुहोस