स्थानीय तह निर्वाचनमा ४०० सिट जित्नुपर्छ : ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ७५३ स्थानीय तहमध्ये ४०० बढी सिट जित्नुपर्ने बताएका छन् ।नेकपा एमाले सम्पर्क कमिटीले आज काठमाडौँमा आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले हाल ३५ हजारमध्ये १४ हजार जनप्रतिनिधि एमालेका रहेको बताए ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनबाट २० हजार जनप्रतिनिधि जिताउनुपर्ने उनको भनाई छ । त्यति भए मात्र राष्ट्रिय सभामा बहुमत सदस्य पुग्ने ओलीको हिसाब छ।वृद्धा वृद्ध, गृहिणी, युवा कसैले पनि अहिलेको गठबन्धनलाई भोट हाल्न नसक्ने बताए ।

याे पनि,गठबन्धनतर्फ संकेत गर्दै ‍ओलीले भने- ‘स्यालहरूको मोर्चा कसेर हात्तीको सिकार गर्न सकिँदैन’
काठमाडौँ ,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्तारुढ गठबन्धनतर्फ संकेत गर्दै स्यालहरूको मोर्चा कसेर हात्तीको सिकार गर्न नसकिने बताएका छन् ।आज काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपा माओवादीका अध्यक्ष प्रचण्डको नामै लिएर एमालेले जिताइदिएका जनप्रतिनिधिको कार्यकाल अब सकिएको बताएका हुन् ।

‘प्रचण्डजी, हामीले बनाइदिएको भाँडो हेरेर बसिरहनुभएको छ, भाँडो त सिक्दिसक्यो त,’ उनले भने, ‘हामीले टाँसिदिएका जुँगामा ताउ लाउने ?’ यो चुनावले बनाएको गठबन्धन हो र ? ओलीले प्रश्न गर्दै भने, ‘अदालतले बनाएको काँचो सिसाले बनाएको गठबन्धन हो।’

प्रतिक्रिया दिनुहोस