खाना डेलिभरीको काम गर्दै कपिल शर्मा

काठमाडौं, कपिल शर्माको एक तस्वीर सामाजिक सञ्जालमा निकै चर्चामा आइरहेको छ । त्यो तस्वीरमा उनी खाना डेलिभर गर्ने व्यक्तिको रुपमा देखिएका छन् । उनी सुन्तला रङको टिशर्ट लगाएर मोटरसाइकलमा बसेका छन् । उनले पछाडि खानाको ठुलो झोला बोकेका छन् । कपिल गाडीहरूको बीचमा मोटरसाइकल लिएर सिग्नलमा उभिरहेका छन् । उनको यो तस्वीरलाई उनको एक प्रशंसकले ट्वीटरमा सार्वजनिक गरेका थिए ।

उनको यो तस्वीरमा कपिल शमाले आफ्नो पेशा परिर्वतन गरेको भनि थुप्रै कमेन्टहरू आएका छन् । तर, यो वास्तविक नभई फिल्मको लागि उनले अभिनय गरेका हुन् । उनी अहिले भुवनेश्वर सडकमा खाना वितरण गर्ने सवारीका रुपमा घुमिरहेका छन् । उनी नन्दिता दासको नयाँ फिल्मको सुटिङको लागि फुड डेलिभरी राइडरको भूमिका देखिने छन् । उनी अहिले नयाँ फिल्मको सुटिङ सुरु गरिरहेका छन् । उनको यहि फोटो भाइरल भइरहेको हो ।

उनको एउटा फ्यानले यो तस्वीर राख्दै आफूले कपिललाई लाइभ देखेको बताएका छन् । कपिलले त्यही तस्वीर सेयर गरेर कसैलाई नभन्नुहोस् भनेका छन् । उनको यो तस्वीरमा धेरैले रमाइलो कमेन्ट गरेका छन् ।

नन्दिता दासको निर्देशनमा रहेको यो फिल्मको नाम भने राखिएको छैन् । कपिल शर्माको अपोजिटमा अभिनेत्री शहाना गोस्वामी देखिनेछिन् । शहाना यो फिल्ममा कपिल शर्माको श्रीमतीको भूमिकामा देखिने भएकी छिन् । फिल्मलाई अप्लोज इन्टरटेनमेन्ट र नन्दिता दास इनिसिएटिभ्सले निर्माण गर्दैछ ।

प्रतिक्रिया दिनुहोस