ड्रोनलाई एक्सरे मेसिनमा हाल्न मानेनन् जब खोलेर हेर्दा भेटियो यस्तो चिज

काठमाडौं,प्रहरीले ड्रोनभित्र सुन लुकाएर ल्याएको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अमेरिकाबाट नेपाल आएका भुटानी शरणार्थी रहेको प्रहरीले जानकारी दिएको छ।पक्राउ पर्नेमा भुटानी शरणार्थी अनिषहाङ बहिङ राई छन्। उनले ड्रोन ह्यान्डब्यागमा बोकेर ल्याएका थिए। तर त्यसलाई उनले एक्सरे मेसिनमा हाल्न नमानेपछि शंका लागेर कर्मचारीले मेसिनमा हाले। मेसिनमा हाल्दा शंकास्पद वस्तु देखिएपछि खोलेर हेर्दा लेन्सनिर सुनको बिस्कुट पाइएको हो ।

सुरूमा उनीबाट १०० ग्राम सुन बरामद भएको थियो। त्यसरी सुन भेटिएपछि प्रहरी तथा कर्मचारीले उनको अर्को लगेज पनि चेक गरेको थियो। त्यसभित्र रहेको जुत्ता भित्रको भागबाट पनि चाँदीको जलप लगाइएको धातु बरामद भएको बताइएको छ।पक्राउ परेका व्यक्तिबाट पाँच वटा फोन पनि बरामद भएको छ। राईलाई महानगरीय प्रहरी वृत्त गौशालाको हिरासतमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस