कपाल र सौन्दर्यको लागी वरदान हुन्छ चौलानी पानी, यसरी गर्नुहोस् प्रयोग

चामल धोएको पानी हामी त्यसै नै खेर फाल्ने गर्दछौं तर चौलानी पानीमा हाम्रो शरिरको लागी लाभदायक गुणहरु हुँने गर्दछ । उक्त पानीमा भिटामिन, प्रोटिन आदि अतिआवश्यक गुणहरु हुँन्छन् ।

चौलानी पानी अनुहारलाई सधै चम्कीलो तथा जवान देखिनको निम्ती हामी प्रयोग गर्न सक्छौ । बजारी रसायन मिश्रित महंगा सौदर्यताको सामाग्री प्रयोग गर्नु भन्दा घरमै चामल धोएको पानी प्रयोगमा ल्याउन लाभदायक हुँदछ यसो गर्नाले हाम्रो पैसाको बचत हुँनुका साथै हाम्रो मुहारमा चमक नि आउँने गर्दछ ।

चामल धोएको पानीलाई प्रयोग गर्दा उक्त पानीले १५–२० मिनेट मज्जाले मसाज गर्नुहोस् । यसरी यस विधिलाई नियमित प्रयोगमा ल्याउँदा अनुहारको छाला टाइट हुनुका साथै अनुहारको चाउरीपन हट्दछ र मुहारमा चमक आउँने गर्दछ । चौलानी पानीलाई स्प्रे गर्ने बोटलमा राखि स्प्रे गरि पनि प्रयोग गर्न सकिन्छ ।

यदि चौलानी पानी कपालमा प्रयोग गर्ने हो भने कपालको समस्या जस्तै कपाल झर्ने, सुख्खा देखिने आदि जस्ता समस्या हट्दै जान्छन् र कपाल स्वस्थ्य र सुन्दर देखिन्छ । ज्वरो आएको समय चामल धोएको पानी पिउँनाले शरिरको तापक्रम सन्तुलित हुन्छ र ज्वरो र्निमुल हुँन्छ । शरिरमा पानीको मात्रालाई सन्तुलन गर्न पनि चौलानी पानी पिउँनाले मद्दत गर्दछ । यसको सेवनले हाम्रो मस्तिस्क पनि ताजा हुँने गर्दछ ।

प्रतिक्रिया दिनुहोस