७ बर्षिया छोरीको आमालाई प्रश्नः हाम्रो बाबा खोई ? आमाको जवाफः म अविवाहित हुँ छाेरी…

मेरी ७ वर्षकी छोरी अन्य बच्चाझैँ खुशी र जिज्ञासु छिन्। उनी आफ्नो वरपरको दुनियाँ र आफ्नो जीवनलाई लिएर उत्सुक रहन्छिन्। तर प्रायः उनले एक प्रश्न सोध्नेगर्छे, ‘आमा, मेरो बुबा किन हुनुहुन्न?’ मैले एक्लै बस्ने निर्णय गरेँ। म विवाहित होइन, यसकारण तिम्रो बुबा छैनन् भनेर उसलाई सधैँ सत्य बताउँदै आएँ।’ तर यस उत्तरले उनी पूर्ण सन्तुष्ट छिन् भन्ने मलाई लाग्दैन।

मैले छोरीलाई कोखमा लिएकी हुँ, त्यस परिवारमा आएर यो बच्चाको मन व्याकुल थियो, जहाँ आमा थिइन् तर बुबा थिएनन्।
जब उनी पाँच वर्षकी भइन्, उनले एक दिन सोधिन्– ‘आमा, मलाई के भन्नुभएको थियो भने जब केटाकेटी ठूला हुन्छन्, विवाह गर्छन् र उनीहरूका छोराछोरी हुन्छन्। मेरी आमाको पनि कसैसँग विवाह भयो होला।

जब मलाई जन्म दिने आमाका बारेमा थाह छैन भने त्यसरी नै जन्म दिने बुबाको बारेमा पनि केही थाह छैन। तर यो नभन्नुहोस् कि मेरो बुबा छैन।’ म रोएँ। त्यो दिन मलाई थाह भयो, उसको प्रश्नमा मेरो प्रतिक्रियाले उसले के सोचि होलिन्। उनका लागि यो एक सजिलो तर्क थियो। पाँच वर्षकी एउटी बच्चीले आफ्नो प्रश्नको उत्तर खोजिन्।

उनले मेरो स्पष्टीकरणलाई निरर्थक बनाइदिइन्। उनले आमा र मानिसका रूपमा सोच्न मलाई बाध्य पारिदियो, म उनलाई कसरी भरोसा दिइरहेकी छु। उनी भन्छिन् ‘आमा विवाह गर्नु…’

मैले सम्झाएँ, ‘म विवाह गर्न चाहँदिन भन्ने होइन। भोलि विवाह गर्न पनि सक्छु। तर त्यो समयमा मलाई यस्तो व्यक्ति मिलोस् जसले म र तिमीलाई बुझ्न सकोस्।’ उनी ठूली भएपछि मसँग फेरि यही प्रश्न दोहोर्याउने छिन्। त्यो समयमा पनि मेरो जवाफ यही हुनेछ। एकल हुनु कुनै पनि तरिकाले कठिन हँुदैन। म आफ्नी छोरीसँग एक्ली आमाको जीवन खुशीले बाँचिरहेकी छु। म पुरुषलाई घृणा गर्दिनँ, उनीहरूको धेरै सम्मान गर्छु। मेरी छोरी पनि मबाट यही सिकिरहेकी छिन्।

मैले विवाह किन गरिनँ र एक्लै बस्दा पनि मैले बच्चा किन अपनाउने निर्णय गरेँ जस्ता कुराको उत्तर सजिलो छैन। लगभग २० वर्ष पहिले मेरो विवाह गर्ने उमेर भएको थियो। प्रायजसो तथाकथित शिक्षित युवा पुरुषहरू बाहिरबाट म कस्ती देखिन्छु भनेर ध्यान दिन्थे। मेरो समुदायका मानिसहरू प्रायः व्यापार गर्छन् र त्यसकारण केटाहरू धेरै पढेलेखेका हुँदैनन्। मलाई यस्तो व्यक्ति चाहिएको थियो, जो राम्रो पढेलेखेको, नैतिक मूल्य मान्यता भएको होस् र मभित्रबाट जस्ती छु त्यही मन पराओस्।

यो खोजले मलाई पनि थाह पाउने मौका दियो। म महाराष्ट्रको एक रुढीवादी ग्रामीण परिवारमा जन्मेर हुर्केकी हुँ। भारतका कैयौँ अन्य केटीहरूझैँ म पनि आफ्नै घरमा अस्तित्वहीन थिएँ। परिवारलाई मेरो यो सोचले केही फरक पर्दैन। मेरो बुबाले मलाई उच्च शिक्षा पढाए। यो कार्य त्यो समुदायमा असाधरण कुरा थियो । मैले राम्रो जागिर पनि पाएँ। म आत्मविश्वासले भरिएकी केटी हुँ। जसै जीवन अगाडि बढ्यो, मलाई के महसुस भयो भने म आफ्नो तरिकाले एक स्वतन्त्र जीवन बाँच्न चाहन्थेँ, अरूको मर्जीमा होइन।

जुनसुकै व्यक्तिको जीवनमा विवाह गर्नु धेरै ठूलो निणर्य हो। त्यसमा केवल म र मेरो एक्लौटी निणर्य हुनुपर्छ। अरू कसैले मेरो जीवनको निर्णय नगरोस्? मलाई के लाग्यो भने वास्तविक जीवनमा म एक व्यक्ति अथवा श्रीमानलाई जीवन साथीका रूपमा चाहँदिनँ। यसकारण म एक्लै बसँे। मेरा आमाबुबाले यसलाई स्विकारे।

मैले आफ्नो कम्पनीको कर्पाेरेट सामाजिक उत्तरदायित्व कार्यक्रम मातहत अनाथ बच्चाहरूका लागि काम नगरेकी भए मेरो जीवनमा केही परिवर्तन हुँदैन थियो। पढाउने, खेलाउने र बच्चाहरूको साथमा समय बिताउँदा म खुशी हुन्छु। मलाई यस्तो गर्न अझ बढी मन लाग्छ। तर म के गर्न सक्छु, यसको पनि एक सीमा थियो र यसबाट टाढा बस्नु पनि मेरा लागि असह्य थियो। त्यही समयमा बच्चा अपनाउने सोचेकी थिएँ। तर यस उपायले मेरो अगाडि धेरैवटा प्रश्न उभ्यायो।

यो बच्चाले परिवारसँग कसरी स’म्बन्ध जोड्ला? के म राम्रो एकल आमा बन्न सकौँला? के म बच्चाको हेरचाह गरेर त्यसलाई एक्लै पाल्न सक्छु? आफैलाई आफैले यी प्रश्न दुई वर्षसम्म सोधँे। मैले एउटी बच्ची अपनाउने निर्णय गर्दासम्म पनि अनिश्चित नै थिएँ। मैले लामो सास फेरँे र साथीहरूसँग कुरा गरेँ। ती मुद्दाहरू लेखेँ जसले मलाई साताइरहेका थिए।

के यो सबै एकल आमा बन्ने जिम्मेवारीको महसुस थियो? मलाई के महसुस भयो भने यसका लागि मेरा साथी र परिवारको समर्थन कतिको महत्वपूर्ण हुन्छ। मेरी ६ महिनाकी सुन्दर छोरी घरमा आएको दिन मेरा लागि चाडबाड जस्तो थियो। त्यो दिन करिब ५० जना उनको स्वागतका लागि उपस्थित थिए।

उनी घर आएपछि मेरा सबै शङ्काहरू हटे। उनी घरकी प्यारी नातिनी बनिन र म एक आश्वस्त एकल आमा। साथै मैले आमाबुबाको घरबाट भिन्न बस्ने निर्णय गरँे। यसले हाम्रो नाता अझ मजबुत भयो। म यसको वास्तविक आमा होइन भन्ने मलाई कहिल्यै लागेन। उसको नसानसामा आफ्नो बुबाको बारेमा जान्ने जिज्ञासा हुँदाहँुदै मेरी छोरी मलाई धेरै माया गर्छिन् र मलाई भन्छिन्, तपाईं संसारभरीकी सबैभन्दा राम्री आमा हुनुहुन्छ। उनी मैले काम गरेको देखेर भन्छिन्– ‘अब तपाईं मेरो बुबा हो।’ यो मेरा लागि बहुमूल्य कुरा हो।

कोख मात्र लिएको एउटा बच्चको जीवन सहज हुँदैन र हामी दुवै ती कैयाँै र कहिले काहीँ अतिसंवेदनशील प्रश्नको उत्तर दिन सिक्दैछौँ, जसको उत्तर समाज हामीबाट चाहन्छ। कैयाँै मानिस मबाट मेरी छोरीको अतित जान्न चाहन्छन्, जुन बितिसकेको छ। किन यो प्रश्न यो सोध्छन्? किन उसलाई यो प्रश्न सोध्ने? यी सबै अप्ठ्यारा हुँदाहुँदै हाम्रो जीवन धेरै सरल छ, आनन्द र मायाले भरिएको छ। यी सबै कुराले मेरी बहिनी पनि प्रभावित भइन् र अहिले उनले पनि एक छोरी अपनाएकी छिन्।

मेरी छोरी मेरो जीवनको अहम् हिस्सा बनिसकिन्। अब म बच्चा अपनाउने प्रक्रियाको बारेमा आमाबुबालाई सल्लाह दिन्छु। मेरी छोरी स्कुल जान मन पराउँदिनन्, यसकारण मैले उसको स्कुलको शिक्षा घरमा नै सुरु गरेकी छु। म उसलाई स्वयम् निर्णय लिनमा सहयोग गर्छु। मेरो बाल्यकालमा यस्तो मिलेन, जसका लागि धेरै महत्व छ। जब उनले स्कुल जान चाहन्छु भनेर मलाई भन्ने छिन, म उसलाई लिएर जानेछु। यो उसको आफ्नो पहिचान हो, जुन कुराले उसलाई कुशल बनाउने छ। जस्तो म छु। म एक्लो छुइन, म केवल एक्लै बस्न चाहन्छु। तर मेरी छोरीसँग हुँदा म सबैभन्दा बढी खुशी हुन्छु। बीबीसी

प्रतिक्रिया दिनुहोस