काठमाडौंबाट अष्ट्रेलिया उड्न लागेकी २३ वर्षीया रन्जिता पक्राउ

काठमाडौं । काठमाडौंबाट अष्ट्रेलिया जान लागेकी एक युवती १९ हजार अष्ट्रेलियन डलरसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेकी छन् ।

कतार एयरवेजको उडानमार्फत काठमाडौंबाट दोहा हुँदै अष्ट्रेलियाको सिड्नी जान लागेकी गोरखाको बोर्लाङ घर भई काठमाडौं बस्दै आएकी २३ वर्षीया रन्जिता श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको ह्यान्ड ब्यागेज चे’किङ एरियाको महिलातर्फको

मेसिनमा जाँच गर्दा ब्यागभित्र रातो रङको पर्समा १९ हजार ६०० अष्ट्रेलियन डलर फेलापरेको जनाइएको छ ।अ’वैध रूपमा लुकाएर बाहिरी मुलुकतर्फ लैजान लागेको अवस्थामा फेला पारिएपछि आवश्यक अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पठाइएको विमानस्थल प्रहरीले जनाएको छ ।

यो पनि – क्रि’प्टोकरेन्सी कारोबारीले विज्ञापनमा आफ्नो तस्बिर राखेपछि अभिनेत्री प्रियंका कार्की प्रहरीकहाँ पुगेकी छन्। सामाजिक सञ्जालमा कार्कीको तस्बिरसहित विज्ञापन देखिएपछि प्रहरीले उनलाई सम्पर्क गरेको थियो। कार्कीले आफूले त्यस्तो विज्ञापन नगरेको सूचना प्रहरीलाई दिएकी थिइन्।

‘मेरो फोटो प्रयोग गरेर क्रि’प्टोकरेन्सीको एड बनाएको रहेछ। त्यसबारे छानबिन गर्न स’घाउन उहाँहरूले मलाई बोलाउनु भएको हो ,’ कार्कीले भनिन्,‘अहिले पनि यहीँ छु।’नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पनि कार्कीसँग यस विषयमा कुराकानी भएको बताएको छ।

‘उहाँको फोटो प्रयोग भएको क्रि’प्टोकरेन्सीसम्बन्धी विज्ञापन सामाजिक सञ्जालमा देखिएपछि बोलाएर खबर गरेका थियौं,’ ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले भने,‘उहाँसँग अहिले कुरा भइरहेको छ।’नेपालमा क्रि’प्टोकरेन्सीको कारोबार गै’रकानुनी छ।

फागुन ३० गते नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा क्रि’प्टोकरेन्सी कारोबार हुने सबै मोबाइल एप ब’न्द गर्न निर्देशन दिएको थियो। प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रले त्यस्ता एपहरूलाई नेपालभित्र प्रयोग, सञ्चालन र व्यवस्थापन गर्न नपाउने गरी नि’षेध, डि’सएबल तथा कालोसूचीमा राख्न निर्देशन दिइएको हो।

प्रतिक्रिया दिनुहोस