पललाई भेटेर फर्किएका जय बस्नेतले सुनाए यस्तो मनछुने कुरा, के भने पलले ?

काठमाडौं, एक किशोरीलाई कर णी गरेको आरोप लागेका नेपाली चलचित्रका नायक पल शाहविरुद्धको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । प्रहरीले अनुसन्धान सकेर अब अदालतमा मुद्दा दर्ताको तयारी थालेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले अनुसन्धान सकेको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार एक–दुई दिनमै पलविरुद्धको मुद्दा जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत तनहुँमा बुझाउने तयारी छ । कर णी मुद्दामा बढीमा २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था छ । प्रहरीले तीन पटक सम्म अदालतवाट म्याद लिएर अनुसन्धान गरेको हो । पछिल्लो पटक लिएको म्यादले २५ दिन पुग्ने देखिन्छ ।

पलविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँ र इलाका प्रहरी कार्यालय गैँडाकोटमा उजुरी परेको हो । प्रहरी अनुसन्धानका क्रममा पलमाथिको आरोप प्रमाणित हुने प्रमाण जुटाएको प्रहरीको दाबी छ । प्रहरीले पलले किशोरीसँग गरेको कल रेकर्ड, म्यासेजलाई पनि प्रमाणका रूपमा लिइएको छ । यस्तै, पीडितले उजुरीमा लगाएको आरोपलाई विभिन्न कोणबाट पुष्टि गर्ने काम गरिएको छ । घटनामा नाम जोडिएका अरू व्यक्तिसँग पनि प्रहरीले सोधपुछ गरेको छ ।

यसअघि, पलविरुद्ध गएको बिहीबार नवलपुर जिल्ला अदालतमा मुद्दा दायर भइसकेको छ । पलले ०७७ चैत ७ गते गैँडाकोटस्थित एक रिसोर्टमा सुटिङका लागि गएको बेला कर णी गरेको भन्दै जाहेरी दिइएको थियो । सोही जाहेरीपछि प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो ।

पलले भने गैँडाकोटमा आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् । उनले आफूमाथि लगाइएको आरोप झुटो भएको दाबी गरेका छन् । गैँडाकोटमा रहेको रिसोर्टमा पल १०१ नम्बरको कोठामा बसेको र पीडित किशोरी १०२ नम्बर कोठामा बसेको बताइएको छ । सोही रात पल किशोरीको कोठामा गएर कर णी गरेको आरोप छ ।

प्रहरी अनुसन्धानका क्रममा सु टि ङ युनिट रिसोर्टमा बसेको पुष्टि भइसकेको छ । पीडित किशोरीले राति ११ बजे आफू बसेको कोठामा आएर पलले कर ण्ी गरेको बयान दिएको प्रहरी स्रोतले जनाएको छ । गैँडाकोटमा पलको बयान भए पनि उनमाथि म्याद थपलगायत प्रक्रिया तनहुँबाट अगाडि बढेको हो । एकै प्रकृतिको घटना भएकाले एकै कार्यालयबाट मात्रै प्रक्रिया अगाडि बढाउन पाइने भएकाले तनहुँबाट म्याद थपलगायत प्रक्रिया गरिएको हो ।

प्रतिक्रिया दिनुहोस