जो बाइडेनले नेदरल्याण्ड्सका लागि अमेरिकी राजदूतमा भारतीय मूलका शेफाली राजदानलाई मनोनयन गरेका छन्

अमेरिकी राष्ट्रपति जो बाइडेनले नेदरल्याण्ड्सका लागि भारतीय मूलकी राजनीतिक कार्यकर्ता शेफाली राजदान दुग्गललाई राजदूतमा मनोनित गरेका छन् । अन्य धेरै प्रशासनिक र कूटनीतिक पदहरूसँगै, ह्वाइट हाउसले शुक्रबार यो घोषणा गर्‍यो। दुग्गलले जो बाइडेनका लागि महिला राष्ट्रिय सह-अध्यक्षको रूपमा र डेमोक्रेटिक नेशनल कमिटीमा उप राष्ट्रिय वित्त अध्यक्षको रूपमा काम गरिसकेकी छिन भनेर व्हाइट हाउसले रिपोर्ट गरेको छ।

ह्वाइट हाउसका अनुसार दुई सन्तानकी आमा दुग्गल अनुभवी राजनीतिक कार्यकर्ता, महिला अधिकारकर्मी र मानवअधिकार अभियन्ता हुन्। उनी संयुक्त राज्य अमेरिकाको होलोकास्ट मेमोरियल म्यूजियम काउन्सिलमा पूर्व राष्ट्रपति पनि हुन्। शेफाली राजदानले पश्चिमाञ्चल क्षेत्रीय सल्लाहकारको रुपमा काम गरिरहेकी छिन् ।

याे पनि ,अनुहारमा यस्ता संकेत देखिए ? सावधान ! हुनसक्छ यी १० रोगको संकेत
काठमाडौँ । हरेक रोगको कुनै न कुनै संकेत हुन्छ। यसैगरी केही स्वास्थ्य समस्या छन्, जुन अनुहारबाट थाहा पाउन सकिन्छ। यसमध्ये कुनै निक्कै गम्भिर समस्या पर्छन्, जसलाई देखाउँन तत्कालै चिकित्सक कहाँ जानुपर्ने हुन्छ।अनुहार सुन्निनुः यदि पुरै अनुहार सुन्निने हुन्छ भने यो मृगौला सम्बन्धि रोगको संकेत हुनसक्छ। यद्यपी, यस्तो समस्या औषधिको ‘साइड-इफेक्ट’का कारण पनि हुनसक्छ।

दारीको रौँ झर्नुः दारीको रौँ झर्ने भएमा ‘हाइपोथायराइडिज्म’ नामक रोगको संकत हुनसक्छ।अनुहारमा रौँः महिलाको ओठको माथि र चिउँडोमा अस्वभाविक रुपले रौँ आउँनु थाइराइड वा हर्मोनल असन्तुलनको संकते पनि हुनसक्छ।अनुहार पहेलिनुः लामो समयसम्म अनुहारमा पहेलोपना रहनु कलेजो रोगको संकेत हो। साथै यो पहेलोपन पोलिया र एनिमिया अर्थात् रक्तस्रावको संकेत पनि हुनसक्छ।

सेतो दागः अनुहारमा सेतो दाग हुनु क्याल्सियमको कमीको संकेत हुनसक्छ। साथै यो आयरनको कमी वा पेटमा जुका रहेको संकेत पनि हुन सक्छ।चम्किलो सेतो दागः अनुहारमा केही स्पष्ट देखिने सेतो दाग हुनु कुष्ठ रोगको संकेत हुनसक्छ। यो समस्या केही गम्भिर हुन्छ।पानी फोकाः अनुहारमा पानी फोका आउँनु ‘चिकनपक्स’(ठेउला) को संकेत हो।

डन्डिफोर आउनुः अनुहारमा लामो समयसम्म डन्डिफोर आइरहने समस्या हुनु हर्मोनको असन्तुलनको संकेत हो। त्यस्तै पेट सम्बन्धि समस्या पनि हुनसक्छ।सुन्निनुः लगातार केही दिनसम्म पुरै अनुहार सुन्निनु एन्जियोएडिमाको संकेत हुनसक्छ।अनुहारमा हल्का दागः यदि अनुहारमा हल्का सेतो दाग देखिएमा यो पेटमा जुका रहेको संकेत हो।

प्रतिक्रिया दिनुहोस