लामो समयपछी पर्दामा फर्कँदै अभिनेत्री अनुष्का शर्मा

मुम्बई, बलिउड अभिनेत्री अनुष्का शर्माले क्रिकेटर बिराट कोहलीसँग विवाह गरेपछि आधा दर्जन फिल्मको काम छाडिन् । यिनै अभिनेत्री आधा दशकपछि नायिकाको रुपमा फिल्ममा फर्कँदैछिन् ।

उनले यस अघि बाहुबलीका अभिनेता प्रवाससँग उनले फिल्मी आदिपुरुषमा पनि काम गरिनन् । विवाहपछि सन्तानकी आमा बनेकी अनुष्का आधा दशकपछि चलचित्रको पर्दामा प्रस्तुत हुँदैछिन् । उनको पछिल्लो पटक सन २०१८ मा फिल्म जिरो आएको थियो ।

यतीबेला अभिनेत्री अनुष्का आफ्नी छोरी वामिकाको हेरचाह बाहेक झुलन गोस्वामी बायोपिकमा काम गरिरहेकी छिन् । यस अघि अनुष्का भारतको जर्सीमा झुलन गोस्वामीसँग क्रिकेट मैदानमा देखा परेकी थिइन् । यसपछि अनुष्काले झुलन गोस्वामीको बायोपिकको तयारी सुरु गरेकी थिइन् । अनुष्काले छिट्टै यो फिल्मको सुटिङ सुरु गर्दैछिन् ।

यस्तै उनी आमिर खानको अर्को फिल्म च्याम्पियन्सको रिमेकमा पनि जोडिएको खबर छ । च्याम्पियन्स एक उत्कृष्ट स्पेनिश फिल्म हो । जुन आधिकारिक रूपमा हिन्दीमा रिमेक हुँदैछ । यस फिल्ममा आमिर खानले जँड्याहा कोचको भूमिका निर्वाह गर्दैछन् ।

यो फिल्मको नायिकाको रुपमा अनुष्का प्रस्तुत हुँदैछिन् । विवाहका कारण यस अघि आधा दर्जन फिल्म छाडेकी अनुष्काले अब भने फिल्मलाई निरन्तता दिने बताएको खबर आजको राजधानी डेलीमा छ ।

प्रतिक्रिया दिनुहोस