टुथ पेस्टमा किन गरिन्छ मार्क ? यसरी छुट्टाउनुहोस् त्यसको गुणस्तर

बदलिँदो जीवनशैलीले मानिसको स्वास्थ्यमा विभिन्न प्रभाव पारिरहेको छ। यसमा मुख स्वास्थ्य पनि पर्छ। चिकित्सकहरूले दिनमा दुईपल्ट दाँत माझ्न सुझाव दिन्छन्। दिनमा दुई पटक दाँत नमाझे पनि सही राम्रो खालको टुथ पेस्ट प्रयोग गर्नाले दाँत स्वस्थ हुन जान्छ।

अब तपाइको मनमा प्रश्न आउन सक्छ कुन पेस्ट प्रयोग गर्दा हाम्रो दाँतलाइ राम्रो गर्छ ? अनि त्यसलाई हामी कसरी चिन्ने ? अहिले विश्व बजारमा धेरै प्रकारका मन्जन आएका छन्।प्रतिस्पर्धाले गर्दा कसरी सस्तो मूल्यमा बनाएर धेरै बेच्न सकिन्छ भन्ने कुरा व्यवसायीलाई हुन्छ। यही दौडधुपमा धेरै क्यामिकल प्रयोग हुने गरेको छ।

तर बजारमा आएका ती बस्तु लाई चिन्न केही हैन तिनीहरूको पुछारमा लगाएको रङबाट छुट्टाउन सकिन्छ। त्यस बाट हामी सहजै कुन पेस्ट कस्तो गुणस्तर भन्ने कुरा जान्न सक्छौ।
हरियो मार्क : यदि तपाइको पेस्टमा हरियो कलर छ भने थाहा पाउनु होस् कि त्यो नेचुरल हो अथवा यसमा केही क्यामिकल मिसाएको हुँदैन। त्यसैले यो प्रयोग गर्दा ढुक्क भएर गर्दा हुन्छ। यस्तो प्रकारको पेस्ट धेरै पतञ्जलिको प्रोडक्टहरुमा पाइन्छ।

निलो मार्क : यो आधा नेचुरल र आधा मेडिस्नल बस्तु मिसिएको हुन्छ। यो पनि दाताको लागि त्यति धेरै खराब मानिँदैन।रातो मार्क : यसमा पनि निलो मार्क जस्तै आधा आधा मिसावट हुन्छ। यसलाई पनि खासै धेरै नराम्रो चाहिँ भन्न मिल्दैन केहि न केही असर भने पक्कै गर्ने छ।

कालो मार्क : यो अहिले बजारमा सबै भन्दा धेरै पाइने पेस्ट हो। यसमा सबै क्यामिकलको प्रयोग गरिन्छ। यो प्रयोग गर्न भने अलि खतरा हुने गर्छ जसले दातालाई खराब पर्ने गर्छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस