प्रहरी जवान उर्मिला श्रेष्ठलाई दिईयो श्र’द्धाञ्जली, संगै हात समाएकी साथि यसो भन्छिन

काठमाडौ । मोरङमा आइतवार भएको घटनामा परी एक महिला प्रहरीको मृत्यु भयो । यौ न दुब्र्यवहारको आरोप लागेका शिक्षकलाई पक्राउ गर्न गएकी उर्मिलालाई स्थानियले आ क्र मण गरी घाइते बनाए । उनी माथि खु कु री प्रयोग गरिएको थियो । उपचारकै क्रममा उनको निधन भयो । अढाई वर्षयता प्रहरी सेवामा सेवारत उर्मिला श्रेष्ठले सेवाकै दौरानमा मृत्यु वरण गरिन् ।

उनी परिवारकी एक्ली छोरी थिइन् । उनका दाई र श्रीमान दुवै प्रहरी सेवामै कार्यरत छन् । एक्ली बहिनीको निधनले भुवन निकै दुखी छन् । उर्मिलाका दाई भुवन विराटनगरको बखरी प्रहरी चौकीमा सहायक निरीक्षक छन् ।

आइतबार मोरङको लेटाङ नगरपालिका(५ मा स्थानीयको आ क्रम णबाट निधन भएकी प्रहरी जवान उर्मिला २०७६ साउन १ गते प्रहरी सेवामा प्रवेश गरकी हुन्। तराईको होलीको दिन चैत ४ मा शिक्षा विकास माविका शिक्षक मनोज पौडेलले आफ्नै छात्रालाई घरैमा गएर दुर्व्यवहार गरेपछि आइतबार विद्यार्थी र स्थानीय आन्दोलित भएका थिए।

छलफलमा बसेका स्थानिय जनप्रतिनिधिलाइ समेत विद्यार्थी र स्थानियले कोठामै थुनेर आगजनी गर्न लागेपछि उनीहरु ति शिक्षकलाइ पक्राउ गर्न पुगेका थिए । शिक्षकलाई पक्राउ गरेपछि स्थानिय र विद्यार्थी थप आ क्रो शित भए । उनीहरुले शिक्षक आफ्नो जिम्मा लगाउन माग गरेका थिए । तर प्रहरीले त्यसो गर्न मिल्दैन भनेपछि एकाएक प्रहरी माथि खनिए । ए

प्रहरी नियन्त्रणमा रहेका शिक्षकलाई कालो मोसो दलेर बजार घुमाउन चाहेका स्थानियले प्रहरीले त्यसो गर्न नदिएपछि आ क्रो शित भएका हुन् । उर्मिलाको घाँटीमा चो ट लागेको थियो । उपचारका लागि लैजाँदै गर्दा बाटोमै उनको निधन भएको थियो ।

बुवा कुमार र आमा सीतामायाकी एक्ली छोरी उर्मिला २०५२ कातिक १४ गते खोटाङ बरहापोखरीमा जन्मेकी थिइन्। उदयपुरको त्रियुगा जनता क्याम्पसबाट बिबिएस गरेपछि उनी प्रहरी सेवामा प्रवेश गरेकी हुन्। उनी लोकसेवा पास गरेर अन्य सरकारी सेवा गर्न चाहन्थिन् । तर त्यो पुरा नभएपछि प्रहरी सेवामा प्रवेश गरेकी थिइन् ।

उनका श्रीमान कुमार श्रेष्ठ पनि प्रहरी सेवामै छन्। इलाममा कार्यरत उनी पत्नीको निधन भएको घटनापछि विराटनगर आएका छन्। उनीहरूको गत वैशाख १९ गते विवाह भएको थियो। आउँदो वैशाख १९ मा उनीहरू विवाह बन्धनमा बाँधिएको पहिलो वर्ष पूरा हुँदै थियो। विवाह भएको एक वर्ष पनि पुरा नहुँदै श्रीमती गुमाउनु पर्दा कुमार विक्षिप्त छन् ।

प्रतिक्रिया दिनुहोस