घरकी एक्ली छोरी उर्मिलाले एक बर्षअघि मात्र विहे गरेकी थिइन्, श्रीमान र दाजु-भाउजु नै प्रहरीमा

विराटनगर :मोरङको लेटाङमा एक शिक्षकले छात्रामाथि यौ’ ‘न दु’र्व्य’व’हा’र गरेको आरोपमा पक्राउ गर्न गएको प्रहरीमाथि आ’क्रो’शि’त भीडले आ’क्र’म’ण गर्दा महिला प्रहरीको मृत्यु भएको छ । लेटाङ – ५ खेरुवामा भएको झडपमा घाइते प्रहरी जवान २४ वर्षिय उर्मिला श्रेष्ठको आइतबार मृत्यु भएको हो ।

घटनास्थलमा पुगेका मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीसहित २५ जना प्रहरी र ७ जना स्थानिय झ’ड’पमा परि घाइते भएको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नविन राज राईले जानकारी दिए । एसपी जिसीको खुटामा चो’ ‘ट लागेको उनले बताए । एसपी जिसीका बडिगार्ड प्रहरी हवल्दार मेघचन्द्र राई पनि घाइते भएका छन् ।

जवान उर्मिला श्रेष्ठको परिवार नै प्रहरी सेवामा रहेको पाइएको छ । उनी तीन वर्षअघि मात्रै प्रहरी सेवामा भर्ना भएकी थिइन् । मोरङको लेटाङमा आइतबार बिहानैदेखि भ’ड्कि’एको माहोल शान्त पार्न उर्मिलासहितको प्रहरी टोली दिउँसो विराटनगरबाट त्यसतर्फ गएको थियो ।

स्थानीयको नाराबाजी र आन्दोलनलाई शान्त पार्न दिनभर खटिएका उर्मिलासहितको टोली साँझ कार्यालयमा फर्कने क्रममा भने आ’क्रो’शि’त स्थानीयको निशानामा परे । आरोपित शिक्षकलाई प्रहरीले पक्राउ गरी लैजाने क्रममा ‘भी’डबाट सजाय’ दिन चाहेको आ’क्रो’शि’त स्थानीयले प्रहरीमाथि नै आ’क्र’म’ण गर्दा उर्मिला घाइते बनिन् र उपचारको क्रममा उनको निधन भयो ।

२६ वर्षीय उर्मिलाले २०७६ साउन १ गते प्रहरीको जवान पदमा सेवा प्रवेश गरेकी थिइन् । उनको दरबन्दी प्रदेश-१ सशस्त्र प्रहरी गण मुख्यालय रानी विराटनगरमा थियो । छात्रालाई यौ’ ‘न ‘र्व्यव’हार गरेको आरोप लागेका शिक्षक मनोज पौडेललाई विद्यालयमै प्रहरीले सुरक्षा दिएर राखेको थियो । तर स्थानीय प्रहरीको टोलीले मात्रै उनलाई विद्यालयबाट निकालेर प्रहरी कार्यालय लेटाङ लैजान सकेन ।

लेटाङको माहोल त’ना’वग्र’स्त भएपछि शान्त पार्न भन्दै रानीबाट ५० जनाको थप फोर्स लेटाङमा पठाइएको थियो । जसमा उर्मिला पनि थिइन् । लेटाङको इलाका प्रहरी कार्यालयको टोलीलाई थप फोर्स आवश्यक परेको कारण उनीहरु त्यहाँ पुगेका थिए ।
२०५२ कात्तिक १४ गते खोटाङको बराहापोखरी गाउँपालिका-४ मा उर्मिलाको जन्म भएको थियो । तीन सन्तानमध्ये उर्मिला एक्ली छोरी हुन् । उर्मिलाको एक दाजु र एक भाइ छन् । उर्मिलाले उदयपुरको त्रियुगा जनता क्याम्पसबाट स्नातक पूरा गरेपछि प्रहरी सेवामा भर्ना भएकी थिइन् ।

एक वर्षअघि मात्रै उदयपुरमा उनको विवाह भएको थियो । उनका श्रीमान् नवीन श्रेष्ठ पनि प्रहरी जवान नै हुन् । उनी जिल्ला प्रहरी कार्यालय इलाममा कार्यरत छन् । उर्मिलाका दाजु-भाउजू पनि प्रहरी नै हुन् । दाजु भुवन श्रेष्ठ प्रहरी सहायक निरीक्षक (असई) हुन् । उनी पनि मोरङकै बख्रिन चौकीमा कार्यरत छन् । भाउजु मीना जवान हुन् । उनी जिल्ला कारागार (मोरङ) मा कार्यरत छिन् ।

प्रतिक्रिया दिनुहोस