किन आउट गरे दिपक मनाङेले नायिका वर्षा राउतलाई

नेपाली कथानक चलचित्र ‘दुई नम्बरी’बाट अभिनेत्री वर्षा राउतलाई हटाइएको छ। केही दिनअघि मात्रै यो चलचित्रमा अनुबन्धित भएका पल शाहको ठाउँमा अर्का अभिनेता सौगात मल्ललाई भित्र्याइएको थियो।

नाबालिगमाथि कर णीको आरोप लागेका पल प्रहरी हिरासतमा रहेकाले उनको ठाउँमा सौगातलाई भित्राएको फिल्म युनिटले अभिनेत्री पनि नयाँ भित्र्याउन लागेको हो।निर्माण टिमले वर्षासँगको आन्तरिक छलफलबाटै उनलाई हटाउन लागेको बताएको छ। चलचित्रका निर्माता किरण नेपालीले अभिनेत्री परिवर्तनको निर्णय भए पनि नयाँ कसलाई लिने भन्ने टुङ्गो नभएको बताए।

यता अभिनेत्री वर्षा राउतले भने आफ्नो प्रोजेक्ट जुधेकाले आफैँ बाहिरिन लागेको बताएकी छन्।निर्माण घोषणा भएको ३ वर्षसम्म पनि छायांकन हुन नसकेको यो चलचित्रमा दयाहाङ राई र भुटानी अभिनेत्री उगेन छोदेनले पनि शिर्ष भूमिकामा रहेर अभिनय गर्नेछन्।यो चलचित्र मार्फत दीपक मनाङे पनि निर्माता बन्दैछन्।

याे पनि,४५ लाख जनसंख्या भएको सहरमा तीन दिन लकडाउन
चीनले देशको उत्तरपूर्वमा लाखौँ मानिसहरुलाई घरमै बस्न आदेश दिएको छ । कोभिड–१९ का घटनामा फेरि बृद्धिसँगै सरकारले सर्वसाधारणलाई यस्तो आदेश दिएको हो ।लक्षित क्षेत्रमा तालाबन्दी, सामूहिक परीक्षण र यात्रा प्रतिबन्ध जस्ता तरिका अप्नाएर सन् २०२० को सुरुमा चीन सरकारले कोभिडलाई नियन्त्रणमा राख्न सफल भएको थियो । तर, पछिल्लो समयमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रेनका कारण संक्रमण फैलिएको छ ।

जिलिन प्रान्तको दोस्रो ठूलो सहर जिलिनमा सोमबार रातिदेखि तीन दिन लकडाउन घोषणा गरिएको छ । जिलिनमा ४५ लाख मानिस बसोबास गर्छन् ।पछिल्लो २४ घन्टामा चीनमा ४ हजार भन्दाबढी कोभिडका नयाँ संक्रमित भेटिएका थिए ।

प्रतिक्रिया दिनुहोस