पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री सिंह र अभिनेत्री मानन्धर आज एमाले प्रवेश गर्दै

काठमाडौं, पूर्वमन्त्री प्रेमबहादुर सिंह र अभिनेत्री करिश्मा मानन्धर मंगलबार नेकपा एमालेमा प्रवेश गर्दै छन् । उनीहरु दुवै जनालाई आज मंगलबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने एमालेका एक नेताले जानकारी दिए ।

उनका अनुसार समाजवादी जनता पार्टीका अध्यक्षसमेत रहेका सिंहको पार्टी नै एमालेमा समाहित हुन लागेको हो ।अभिनेत्री मानन्धर पहिले नयाँ शक्ति पार्टीमा सक्रिय थिइन् । उनि पनि आफ्नो समूहसहित एमालेमा प्रवेश गर्ने ती नेताले जानकारी दिए ।

सिंह तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको मन्त्रिपरिषदमा पनि २०७३ सालमा खानेपानी मन्त्री भएका थिए। अभिनेत्री मानन्धर पहिले नयाँ शक्ति पार्टीमा सक्रिय थिइन्। उनी पनि आफ्नो समूहसहित एमालेमा प्रवेश गर्न लागेकी हुन्।

याे पनि :कृष्णबहादुर महराका स्वकीय सचिवले छाेडे माओवादी
नेकपा (माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमाेद शर्माले पार्टी परित्यागकाे घाेषणा गरेका छन् ।माओवादी केन्द्र घोराही उपमहानगरपालिका कमिटी अध्यक्षसमेत रहेका शर्माले माओवादी पार्टी परित्याग गरेकाे घाेषणा मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत गरेका हुन् । ‘आजको मितिदेखि म नेकपा माओवादी केन्द्रको साधारण सदस्यसमेत नरहने गरी आफूले प्राप्त गरेको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गर्दछु,’ उनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस