प्रियंका चोपडाले किन अभिषेकको मोबाइल चोरेर रानी मुखर्जीलाई म्यासेज पठाइन् ? यस्तो थियो म्यासेज

मुम्बई : बलिउड अभिनेत्री प्रियंका चोपडा र अभिषेक बच्चनले द्रोण, ब्लफ मास्टर र दोस्ताना जस्ता फिल्ममा काम गरेका छन् । दुबै कुशल मित्र पनि हुन् । केही समय अगाडि प्रियंकाको एउटा भिडियो अत्यधिक भाइरल भयो, जसमा उनले अभिषेकसंग सम्बन्धित एउटा कथा भन्दै गरेको देखिन्छ ।

उक्त भिडियो सिमी ग्रेवालको च्याट शोको क्रमको हो । भिडियोमा सिमीले प्रियंकालाई उनले शूटिङ सेटमा अभिषेकको फोन चोरेको बारेमा कुरा गर्दै गरेको देखिन्छ । समीले प्रियंकालाई ‘के तिमीले एक पटक अभिषेकको मोबाइल चोरेको थियौ ?’ भनेर प्रश्न सोधेकी थिइन् ।

जवाफमा प्रियंकाले हाँस्दै भनेकी छिन्– ‘प्रारम्भमा अभिषेकले मेरो फोन चोरेको थियो । अभिषेक मेरो फोनमाथि बसेको थियो । म आफ्नो फोन खोजिरहेकी थिएँ । तर उ धेरै समयसम्म मेरो फोनमाथि बस्न सकेन, केही समयपछि उ त्यहाँबाट उठ्यो ।’

प्रियंका भन्छिन् – ‘त्यही ठाउँमा अभिषेकको फोन खसेको थियो । मैले मौकाको फाइदा उठाउँदै उनको फोन लुकाइदिएँ । केही समयपछि मैले अभिषेकको फोनबाट कसैलाई म्यासेज पनि पठाएको थिएँ ।

मैले उक्त म्यासेज रानी मुखर्जीलाई पठाएकी थिएँ । जसमा मैले लेखेकी थिएँ – ‘मलाई तिम्रो सम्झना आइरहेको छ, तिमी कहाँ छौ, के तिमीले पनि मलाई…?’उक्त म्यासेजको जवाफमा रानी मुखर्जीले –‘हे एबी, तिमीलाई के भयो ?’ भनेर रिफ्लाइ गरिन् ।

उक्त भिडियोको अन्त्यसम्म प्रियंकाले अभिषेकको मोबाइल आफूले लिएको कुरा कसरी थाहा भयो भन्ने थाहा पाउने कोशिश गरिरहेको देखिन्छ । यस बारेमा सिमीले प्रियंकालाई ‘म धेरै मान्छेहरुलाई चिन्छु, कसै न र्कैिले त बताइहाल्छ नि’ भनेकी छिन् ।

सिमीको कुरा सुनेपछि प्रियंका भन्छिन् – ‘मलाई थाहा छ, त्यो मान्छे एबी नै हुनु पर्छ ।’कुनै समय दर्शक अभिषेक र रानी मुखर्जीको जोडिलाई फिल्ममा मात्र नभएर वास्तविक जीवनमा पनि हेर्न चाहन्थे ।

अभिषेक र रानी मुखर्जीको फिल्मी जोडि लोकप्रिय भएपछि धेरैले दुबैले छिट्टै विवाह गर्छन् भन्ने आशंका पनि गरेका थिए । तर दुबै अशल मित्र हुन् र दुवैले एक–साथ धेरै फिल्महरुमा काम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस