झेली प्रेमी बन्दा…

जुम्ली (परिवर्तित नाम)को को घर जुम्ला हो । उमेर १७ वर्ष १० महिना १५ दिन । ५ चैत २०७७ को रात रजस्वला भएर गोठमा थिइन् । उनको पहिलेदेखि नै गाउँका प्रकाश रावतसँग माया प्रेमका कुरा हुन्थ्यो ।

५ चैतमा पनि प्रकाश उनलाई भेट्न गोठमै आए । उनी रातिको ११ बाजेतिर गोठमा आएका थिए । ‘जुम्ली’का अनुसार त्यस रात प्रकाशले उनलाई इच्छाविपरीत ‘विहे गर्छु’ भन्दै तीन पटक बलात्कार गरे । बिहानको ४ बजेतिर प्रकाश घर गए ।

दिन प्रतिदिन उनीहरूबीच माया प्रेमका कुरा हुँदै गयो । अन्ततः प्रकाशले जीवनभरसँगै हुने भन्दै भगाएर घर लगे । ‘जुम्ली’को पेट ठूलो हुँदै गयो । महिनावारी पनि रोकियो । महिनावारी रोकिएपछि गर्भ रहेको उनलाई शंका भयो । तर, प्रकाशले सन्तान जन्माउन नहुने भन्दै गर्भपतनको बाध्य पारेर औषधि खुवाए । त्यसपछि पीडा असह्य भएर ‘जुम्ली’ बेहोस् भइन् ।

उनलाई प्रकाशले कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान जुम्ला लगे । जहाँ प्रकाशले आफ्नो नाम परिवर्तन गरेर ‘चन्द्रप्रकाश रावत’ र जुम्लीको ‘विपना रावत’ टिपाए । र, त्यहीँ जुम्लीको मृत बच्चा स्वास्थ्यकर्मीले निकाले । यो घटनापछि प्रकाशले ‘जुम्ली’लाई घर निकाले गरे । हाल माइतीघरमा बस्दै आएकी उनले जिल्ला प्रहरी कार्यालय जुम्लामा गत २० फागुनमा बलात्कार गरेर गर्भपतनसमेत गराएको भन्दै जाहेरी दिइन् ।

जाहेरीपछि प्रहरीले अनुशन्धान थालेको थियो । अनुशन्धान सकेपछि सरकारी वकिल कार्यालयले आज (मंगलबार) १० देखि १२ वर्ष कैद सजाय र क्षतिपूर्तिसहितको मागदावी गरेर अदालतमा मुद्दा दायर गरेको छ ।(सरकारी वकिल कार्यालय जुम्लाले अदालतमा बुझाएको अनुसन्धान प्रतिवेदनमा आधारित ।)

प्रतिक्रिया दिनुहोस