पल शाहको भबिष्य डामाडोल हुन् सक्ने, १४ वर्ष कैद सजायको माग दाबीसहित तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता

बालिका ब ला त्का र को अभियोगमा हि रासतमा रहेका अभिनेता पल शाहमाथि १४ वर्ष कैद सजायको माग दाबी गर्दै तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ ।मंगलबार जिल्ला सरकारी वकिल कार्यालय तनहुँले जिल्ला अदालत तनहुँमा ज ब र ज स्ती कर णीको कसुरमा मुद्दा दर्ता गराएको हो ।

जिल्ला सरकारी वकिल कार्यालय तनहुँका जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माका अनुसार वारदातको समयमा पीडित बालिकाको उमेर १६ वर्षभन्दा कमरहेको कारण पलमाथि १२ देखि १४ वर्ष कै द सजाय र मनासिब क्षतिपूर्तिको माग दाबी गर्दै मुद्दा दर्ता भएको हो ।

गत फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा करणीसम्बन्धी कसुरमा अभिनेता पल शाहविरुद्ध ​उजुरी दर्ता भएको थियो ।तनहुँ शुक्लागण्डकी नपा वडा नं ९ दुलेगौडा स्थित प्रदीप थापाको घर कोठामा अन्तिम पटक कसुर भएकाले तनहुँ पुगेर उजुरी दर्ता गरिएको थियो ।

मुलुकी अप राध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौ न सम्बन्ध राखे पनि त्यसलाई जब र ज स्ती कर णी मानिन्छ ।१६ वर्षदेखि १८ वर्ष उमेरकी बालिकासँग यौ न सम्बन्ध राखेमा १० देखि १२ वर्षसम्म जे ल स जाय हुन सक्ने मुलुकी अ परा ध संहितामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस