महानायक राजेश हमाल एमाले बाट काठमाडौको मेयर पदको लागी चुनाव लड्न सक्ने (भिडियो सहित)

अभिनेता राजेश हमाल नेकपा एमालेमा प्रवेश गर्ने सम्भावना रहेको छ । उनलाई एमालेमा ल्याउन उक्त दलका नेताहरुले छलफल बढाएका छन् ।

हमालले राजनीतिमा आउने चाहना गरिरहेका छन् । उनले युट्युब च्यानलमार्फत् काठमाडौंको मेयर बन्ने इच्छा देखाएका छन् । मेयरको उम्मेदवारको इच्छा देखाएका हमालको एमालेसँग यसबारे छलफल चलेको हो ।

नेपाली चलचित्र क्षेत्रका महानायक भनिने गरिएका हमाललाई एमाले भित्राउन अध्यक्ष केपी शर्मा ओलीसम्म कुरा पुगेको स्रोतले बतायो । ओलीले पनि लोकप्रीय अनुहारहरुलाई पार्टीमा ल्याउने प्रयास गरिरहेका छन् ।

ओलीले अभिनेत्री करिश्मा मानन्धरलाई पनि एमाले भित्राउन खोजिरहेका छन् । मानन्धरले ओलीले दुई पटक भेटिसकेकी छिन् ।

यसअघि गायिका कोमल वली एमालेमा प्रवेश गरेर राष्ट्रिय सभाको सदस्य बनेकी थिइन् । वली दाङबाट चुनाव लड्ने तयारीमा छिन् । भिडियोमा : राजेश हमालको मेयर बन्ने इच्छा:

प्रतिक्रिया दिनुहोस