चमत्कारी धान : चीसो पानीमा पाक्छ चामल, किसानको कमाइमा बरदान सावित

काठमाडौं, भारत, बिहारको बगाहामा बस्ने विजय गिरीले चमत्कारी धान खेती गरेर नयाँ पहल सुरु गरेका छन् ।अहिले सम्म आसामको ब्रह्मपुत्र नदीको किनारमा रहेको माजुला टापुमा यसको खेती गरिन्थ्यो ।तर, विजय गिरीले आफ्नो गाउँ हरपुर सोहसामा पनि यो धान खेती सुरु गरेका हुन् । विजय गिरी गत वर्ष पश्चिम बंगालको कृषि मेलामा गएका थिए ।

विजय गिरीले सुरुमा एक एकड जग्गामा सुरु गरेका थिए । यस अवधिमा धानले आफ्नो जादू देखाउँदै राम्रो प्रतिफल दियो ।विशेष कुरा के हो भने यसमा रासायनिक मलको प्रयोग भएन् । यसको नाम जादुई (म्याजिक) धान हो ।यसको विशेषता यो हो कि यसलाई कुनै पनि एलपीजी वा चुलोमा पकाउनु पर्दैन । सामान्य पानीमा राख्दा ४५ देखि ६० मिनेटमा भात तयार हुन्छ ।

अर्थात भात पकाउनका लागि धेरै तातो पानि आवश्यक हुँदैन् । खेत–हाटको प्रतिवेदनअनुसार यसको खेतीमा लागत पनि धेरै कम हुन्छ ।यस धानका लागि रासायनिक मल पनि आवश्यक पर्दैन । यो १५० देखि १६० दिनमा तयार हुन्छ । बजारमा यसको मूल्य पनि राम्रो छ । प्रतिकिलो भारु ४० देखि ६० रुपैयाँमा बिक्री हुने गरेको छ ।

जादुई धान शुगर (चिनी) मुक्त हुन्छ । यसमा कार्बोहाइड्रेट, प्रोटिनको मात्रा पनि सामान्य चामलभन्दा बढी हुन्छ ।गिरी पनि यसको प्रचारप्रसारमा जुटेका छन् । जति धेरै उत्पादन हुन्छ, त्यति नै किसान लाभान्वित हुने उनको विश्वास छ । उनको कमाइका लागि यो धान बरदान सावित भएको छ ।

प्रतिक्रिया दिनुहोस