अरबपतीकी १८ बर्षिय छोरीले कुकुरसँग बिबाह गरेपछी विश्वभर तहल्का, विवाह गर्नुको कारण यस्तो

मानिसहरुले विभिन्न प्रथा तथा प्रचलन चलाएको पाइन्छ ।कुनै पनि बालबालिकाको विवाह कुकुरसँग गराइन्छ भन्ने सुन्दा तपाइँलाई पत्यार नलाग्न सक्छ । तर अझै यस्तो प्रचलन रहेको पाइएको छ ।

भारतको जमशेदपुरस्थित आदिवासीहरुको बाहुल्य रहेको आदित्यपूर गाउँमा एउटा अन्धविश्वासको परम्परा अझैसम्म पनि कायम छ ।गाउँमा यदि कुनै पनि बच्चाको पहिले माथिको दाँत झर्‍यो भने त्यसलाई ठूलो अलक्षिन मान्ने गरिन्छ । यसको दोष निवारणका लागि बाल्यकालमै कुकुरसँग विवाह गराइदिने प्रचलन रहेको छ ।

बालकहरुलाई कुकुर्नीसँग र बालिकाहरुलाई कुकुरसँग जोडी बाधिदिने यो अन्धविश्वास आजसम्म पनि त्यहाँका मानिसहरुले पालना गर्दै आएका छन् ।आफ्ना छोराछोरीलाई कुकुरसँग विवाह गराउने बाबुआमाले खराब ग्रहलाई काट्नका लागि यस्तो गर्नुपरेको बताउँने गरेका छन्।

सानैमा कुकुरसँग विवाह गराइदिएपछि ठूलो हुँदा उनीहरुलाई ग्रहदशाले पछ्याउन नसक्ने त्यहाँका मानिसहरुको विश्वास छ ।उक्त आदिवासी समाजमा अलक्षिन हटाउने नाममा यो कुप्रथा चलेको हजारौँ वर्ष भइसकेको छ । अहिले पनि ति आदिवासीहरु यसलाई आफ्नो संस्कृतिकै अंगका रुपमा मान्छन् ।

प्रतिक्रिया दिनुहोस