म्यादी प्रहरीको आवेदन दिएर फर्किएकी धनकुटाकी श्रेया बाटोमै अस्ताइन्

काठमाडौं ।धनकुटामा गए राती सवारी दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ । धनकुटाको सागुरीगढी गाउँपालिका वडा नं ६ सागुरीगढी किल्ला नजिक गोलखाडी भेडेटार भित्री कच्ची सडक खण्डमा जिप दूर्घटना हुँदा सुमो जिपमा सवार सागुरीगढी गाउँपालिका वडा नं ७ की १९ वर्ष की श्रेया राई को मृत्यू भएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।

मृ तक राई आसन्न स्थानीय तहको निर्वाचनको लागि म्यादी प्रहरीको आवेदन दिएर फर्किदै गरेकी थिइन् । भेडेटारबाट गोलाखाडी तर्फ जादै गरेको मे १ ज २१६२ नं जिप अनियन्त्रित भई सडकमा पल्टिदा अनुहार र टाउकोमा चो’ट लागी ग’म्भिर घाईते भएकी राईको उपचारको क्रममा राती २:१० बजे विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृ’त्यु भएको प्रहरीले जनाएको छ । दूर्घटना करिब ९ बजे तिर भएको थियो । जिपका चालक सागुरीगढी गाउँपालिका ७ का वर्ष ४१ का सत्यलाल राई प्रहरीको नियन्त्रणमा रहेका छन् ।

आसन्न स्थानीय तहको निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरीले म्यादी प्रहरी भर्ना प्रक्रिया सुरु गरेको छ । प्रहरी प्रधान कार्यालय, उपत्यकाका तीनवटै परिसर र ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट भर्ना प्रक्रिया सुरु गरिएको हो । भर्ना खुलेसँगै उपत्यकासहित देशभरका जिल्ला प्रहरी कार्यालयहरुमा डेढ महिने रोजगारीका लागि आवेदन दिन हजारौं युवा चर्को घाममा लामबद्ध देखिन्छन् । थोरै अवधिका लागि आवेदन मागिएपनि यस्तो आकर्षण देखिनु मुलुकमा बेरोजगारीको डरलाग्दो अवस्थामा प्रतिबिम्बित भएको छ ।

सामान्यतया हरेक व्यक्तिलाई स्थायी जागिरकै चाहना हुन्छ । अस्थायी जागिरले अल्पकालिन फाइदा दिएपनि दीर्घकालीन सोच राख्नेले स्थायी जागिरमै रुची देखाउनु स्वाभाविक हो । तर, नेपालमा ४० दिनका लागि जागिर खान आवेदन मागिँदा समेत लाखौंको संख्यामा युवाहरु आवेदन लिएर लाइन लाग्ने गरेका छन् । यो प्रसंग हो स्थानीय निर्वाचन लक्षित म्यादी प्रहरी भर्ना प्रक्रियाको । यतिबेला म्यादी प्रहरीमा भर्नाका लागि आवेदन खुलेसंगै दरखास्त दिन देशैभरका प्रहरी कार्यालयमा भिड लागेको छ ।

मोरङ स्थायी घर भएकी आरजू श्री म्यादी प्रहरी बन्ने आशाले काठमाडौं आइन् । स्नातक पहिलो वर्षमा अध्ययनरत उनले थोरै समय भएपनि काम पाइने भएकाले म्यादी प्रहरीमा आवेदन दिएकी हुन् । प्रहरी प्रधान कार्यालय, उपत्यकाका तीनवटै परिसर र ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट भर्ना प्रक्रिया सुरु भएको छ । भर्ना प्रक्रिया अन्तर्गत आइतबारदेखि चैत ११ गतेसम्म आवेदन फाराम भर्न समय दिइएको छ ।

४० दिनका लागि सरकारले एक लाख म्यादी प्रहरी भर्ना खुल्ला गरेको हो । म्यादी प्रहरीका लागि १८ देखि ५४ वर्षसम्मका नागरिकले आवेदन दिन सक्नेछन् । म्यादी प्रहरीका लागि लामबद्ध युवाहरुको भीडले देशभर बेरोजगारी युवाको अवस्था कस्तो छ भनेर प्रष्ट पारेको छ । आवेदकहरु छोटो समयमा कमाइ गर्ने आशाले म्यादी प्रहरी हुनुलाई अवसरको रुपमा बुझिरहेका छन् ।

म्यादी प्रहरीमा भर्ना हुन आएकाहरु स्नाकोत्तर उर्तीण गरेकादेखि सीपमुलक तालिम लिएकासम्म छन् । योग्य भएर पनि अस्थायी प्रवृत्तिको यो जागिरमा आकर्षण हुनुले मुलुकमा बेरोजगारी बढेको बुझ्न कठिन छैन । प्रहरी प्रधान कार्यालयकाअनुसार म्यादी प्रहरीको तलब ३० हजार २४० रुपैयाँ, खाद्यान्न वापत एकमुष्ठ ७ हजार २ सय र पोसाक तथा अन्य सामान खरिद गर्न ६ हजार रुपैयाँ तोकिएको छ । देशभरकै प्रहरी कार्यालयमा म्यादीका लागि सोचेभन्दा बढि आवेदन पर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस