नेपालमा अभिनेता पल शाहको थुनछेक बहस चलिरहदा बलिउड अभिनेता सलमानलाई अदालतले दियो यस्तो आदेश-

एजेन्सी, बलिउड अभिनेता सलमान खानले एक पटक पुनः अदालतको चक्कर काट्नुपर्ने भएको छ। यसअघि कालो हरिण मारेको प्रकरण र हिट एण्ड रन प्रकरणमा उनले अदालतको चक्कर काटिसकेका छन्।

यस पटकको प्रकरण तीन वर्ष पुरानो हो। सन् २०१९ मा पत्रकार अशोक श्यामल पाण्डेले सलमानलाई साइकल चलाइरहेको फेला पारे। उनले तस्बिर खिच्न थाले। आफ्नो तस्बिर खिचिएकोमा सलमान रिसाए। अशोकमाथि हातपात गरे। अशोकको फोन पनि खोसे। सँगै आएका सलमानका अङ्गरक्षकले पनि अशोकमाथि दुर्व्यवहार गरे।

यही प्रकरणमा अहिले मुम्बईको अंधेरी अदालतले सलमानविरुद्ध समन नोटिस जारी गरेको छ। अर्थात् अदालतमा हाजिर हुन आदेश दिएको छ। यो मुद्दाको सुनुवाइ अप्रिल ५ मा हुने भएको छ। यसअघि अशोकले सलमानविरुद्धको रिपोर्ट नलिएको भन्दै स्थानीय प्रहरीमाथि पनि आरोप लगाएका थिए।अदालतमा सलमानविरुद्ध इण्डियन पेनल कोड (आईपीसी)को धारा ३२४, ३९२, ४२६, ५०४ र ५०६ बमोजिम मुद्दा दायर भएको छ।

प्रतिक्रिया दिनुहोस