पल शाह पक्षका ९ वकिलले गरे अदालतमा बहस, यस्ता प्रमाण पेश गरे

काठमाडौं । एक किशोरी गायिकालाई कर णी गरेको अभियोगमा मुद्दा खेपिरहेका अभिनेता पल शाहको बारेमा थुनछेक बहस जारी छ । शाहसंगै मतियारको आरोप खेपिरहेका कृष्ण जोशी पनि थुनामा छन् । बुधवार उनीहरुको वयान सकिएपछि थुनछेकको वहस सुरु भएको हो । बुधवारवाट वहस सुरु भएको भएपनि विहिवार पनि बहस सकिएको छैन ।

पलको पक्षमा झण्डै दर्जन वकिलहरुले बहस गरीरहेका छन् । बुधवार दुई वकिलले बहस गरेका थिए भने बाँकीले विहिवार गरेका हुन् । शाहको पक्षमा बहस धेरै कानुन व्यवसायीले वकालतनामा लेखाएका कारण बहस लम्बिने भएको हो । उनको पक्षमा आज ९ जनाले बहस गरिहेका छन् । यसर्थ, बहस सकिने सम्भावना कम रहेको तनहुँ जिल्ला अदालतका श्रेष्तेदार मीनबहादुर कुँवरले बताए ।

कर णीको अभियोग लागेका अभिनेता शाह र मतियारको आरोप खेपिरहेका जोशीलाई धरौटीमा छाड्ने वा मुद्दाको किनारा नलागेसम्म कारागारमा राख्ने भन्ने आदेशका लागि बुधबार पनि बहस भएको थियो । बुधवार नटुङ्गिएपछि आज टुङ्गिने अपेक्षा राखिएको थियो । तर, आज पनि त्यो सम्भव देखिएको छैन ।

पीडिततर्फको बहस बुधबार नै सकिएको थियो । प्रतिवादीतर्फको बहस भएपछि पीडिततर्फको पनि प्रतिउत्तर आउने छ । त्यसपछि भने आदेश आउने सम्भावना रहेको अदालत स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस